मृगौला रोगीलाई आर्थिक सहायता
दरौंदी: रोजगारीको क्रममा हङकङमा रहेका गोरखालीहरुले गोरखा बारपाकका मृगौलाका रोगीलाई उपचार खर्च जुटाएका छन्।
दुवै मृगौला फेल भएर उपचार गराइरहेकी बारपाककी हरिमाया घलेलाई गोरखा समाज हङ्कङले ९४ हजार पाँचसय रुपियाँ सहयोग जुटाएको हो।
सो रकम समाजका रञ्जित श्रेष्ठले पीडित घलेलाई हस्तान्तरण गरेका छन्। अस्पतालले उपचार खर्च करिब ३० लाख रुपियाँ लाग्ने भनेपछि घले उपचार खर्च अभावमले समस्यामा परेकी छन्। उनले आफ्नो जीवन बचाउन उपचार खर्चको याचना गरिरहेकी छन्।
प्रतिक्रिया दिनुहोस !