धान रोप्ने एउटा, उठाउने अर्कै : -दाजुभाइको विवादमा वाईसीएल मुछियो

धान रोप्ने एउटा, उठाउने अर्कै : -दाजुभाइको विवादमा वाईसीएल मुछियो

बुटवल : माओवादी केन्द्रनिकट वाईसीएल कार्यकर्ताले शुद्धोधन गाउँपालिकाको बेलडाँडाका मुनिव लोनियाको धान नियन्त्रणमा लिएका छन्। २०-२२ जनाको समूहमा आएका वाईसीएल कार्यकर्ताले पाकेको धानबाली थ्रेसर लगाई उठाएर लगेका हुन्। लोनियाले २० क्विन्टल धान लुटपाट भएको बताए। यही कात्तिक ५ गते लुटपाटको घटना भई रूपन्देही जिल्ला प्रहरीमा उजुरी दिए पनि दोषीमाथि कारबाही नभएको उनले गुनासो गरे। ‘दुःख गरेर उब्जाएको धान एकाएक लुटेर लगे', उनले भने, ‘न्याय दिलाइदिनुपर्‍यो।' सवा नौ कट्ठा जमिनमा २० क्विन्टलजति धान फलेको उनको अनुमान छ।

 

उनका अनुसार वाईसीएलका प्रदेश-५ का सदस्य शम्भु लोनिया नेतृत्वको टोलीले धान लिएर गएको हो। प्रहरीले शम्भुलाई नियन्त्रणमा लिए पनि अर्काे दिन छाडेको थियो। गाउँपालिका अध्यक्ष किशुनचन्द्र चौधरीले शम्भुलाई छुटाएको पीडितको आरोप छ। शम्भुले विवादित जग्गामा धान उत्पादन भएकाले नियन्त्रणमा लिई पीडितलाई दिएको बताए। ‘तीन भाइको जग्गा विवाद छ, त्यही जग्गामा फलेको धान हामीले नियन्त्रणमा लिएका हौं', उनले भने, ‘हामीलाई उजुरी परेकाले न्याय दिएका छौं।'

उनी नातामा मुनिवका माइलो दाइका छोरा हुन्। दाजुहरूको धम्कीका कारण मुनिवले प्रहरीको सहयोग लिएर धान रोपेका थिए। त्यही धान भित्र्याउने समयमा वाईसीएलले झन्डा गाड्दै नियन्त्रणमा लिएको हो। मुनिवसँग दुई दाजु पल्टु र झिन्कुको सम्पत्ति विवाद भएको थियो। पुख्र्यौली सम्पत्ति बाँडफाँटका बेला नागरिकता नभएका कारण भिनाजु बहादुर लोनियाको नाममा राखेका थिए। पल्टुका छोरा शम्भुले मुनिवले भिनाजुको नामको जग्गा ज्वाइँ कपिलवस्तुका रामानन्द लोनियाको नाममा सारी, ज्वाइँबाट आफ्नो नाममा ल्याएको दाबी गरे।

अदालती मुद्दामा पनि तीनपुस्ते दाबी नलाग्ने गरी आफ्नो नाममा ल्याई अन्य दुई भाइलाई ठगेको उनको आरोप छ। ‘काकाले मेरो बुवा र ठूलो बुवालाई झुक्क्याएर सम्पत्ति आफ्नो नाममा गराएकाले धान उठाउन वाईसीएललाई भनेका हौं', उनले भने। मुनिवले भने सम्पत्ति विवाद सकिएको दाबी गर्दै अदालतले गरेको फैसलाविपरीत धान कब्जा गरेको बताए।

तत्कालीन पुनरावेदन अदालतमा परेको मुद्दाउपर ०७१ जेठमा मुनिवको पक्षमा फैसला भएको थियो। जिल्ला अदालतमा ०७४ जेठ २४ गत जग्गा खनजोत गर्दै आएका जेठो र माइलो भाइले मुनिवलाई नै छोडिदिएको स्पष्टीकरण दिएका छन्। छपिया इलाका प्रहरीका प्रहरी निरीक्षक होमप्रकाश चौधरीले दुवै पक्षलाई राखेर विवाद मिलाउने बताए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.