७६ हजार नगदसहित छ जुवाडे पक्राउ
इटहरी : इटहरी उपमहानगरपालिका–२० तरहरामा रहेको काबेली होटलबाट जुवा तास खेलिरहेका छ जना ७६ हजार नगद र चार बुङ ताससहित शुक्रबार राती पक्राउ परेका छन् ।
प्रहरी चौकी तरहराको टोलीले सुराकीका आधारमा इटहरी–५ का ३५ वर्षीय वीरेन सुब्बा, इटहरी–१ का ४१ वर्षीय घनश्याम न्यौपाने, इटहरी–४ का ३५ वर्षीय मिनष राईलाई पक्राउ गरेको हो ।
त्यस्तै इटहरी–४ का ४६ वर्षीय बाबुराम लिम्बू, मोरङको सुन्दरहरैँचा–३ का ३५ वर्षीय बिपी श्रेष्ठ र सोही नगरपालिका–६ का २९ वर्षीय तीर्थ पराजुली पक्राउ परेका हुन् ।
उनीहरुलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखिएको प्रहरीले भनाइ छ । रासस
प्रतिक्रिया दिनुहोस !