छुट्टा छुट्टै स्थानमा दुई स्काभेटरमा आगजनी

छुट्टा छुट्टै स्थानमा दुई स्काभेटरमा आगजनी

भोजपुर  : अरुण गाउँपालिका –७ जरायोटार लेगुवाघाटस्थित फेदी बजारमा रहेको क्रसर उद्योगमा रहेको स्काभेटरमा सोमबार राति आगजनी भएको छ । भीम पौडेलको स्वामित्वमा रहेको स्काभेटर आगजनी पछि पूर्णरुपमा जलेर नष्ट भएको छ ।

सोमबार राती करिब साढे ११ बजेतिर स्काभेटरमा आगालागी हुनासाथ जरायोटार प्रहरी चौकीबाट खटाइएको प्रहरी टोलीले घटनास्थलमा खोज्दा कोही नभेटिएको प्रहरीले जनाएको छ । कसले आगजनी गरेको हो भन्ने पुष्टि नभएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले बताए ।

यता पौवादुम्मा गाउँपालिका २, तिवारीभञ्जाङमा पनि सोमबार रातिनै सडक निर्माणका लागि राखिएको स्काभेटरमा अज्ञात समुहले आगजनी गरेको छ । तिवारीभञ्जाङमा रहेको कन्काइ कन्ट्रसनको स्काभेटरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

दुवै घटना कसले गरायो भन्ने पत्ता नलागेकाले थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.