स्थानीयलाई रघुगंगामा लगानी अवसर

स्थानीयलाई रघुगंगामा लगानी अवसर

बेनी : लामो समयदेखि रोकिएको ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजना निर्माण अघि बढ्ने भएको छ। निर्माण जिम्मा पाएको भारतीय ठेकेदार कम्पनी आईभीआरसीएल आर्थिक संकटमा परेपछि अलपत्र बनेको आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले कम्पनी लिमिटेड संरचनामा रूपान्तरण र टेन्डरमार्फत पुनः नयाँ ठेकेदार छनोट गरेसँगै निर्माण कार्य अघि बढ्ने भएको हो।

अहिले निर्माणको ठेक्का जयप्रकाश एसोसिएट्सले पाएको छ। एसोसिएट्स र प्राधिकरणबीच गत मंसिर ७ गते आगामी ४५ महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण सम्झौता भइसकेको छ। ठेकेदार कार्यक्षेत्रमा खटिनुअघि भारतीय एक्जिम बैंकले स्वीकृति दिनुपर्ने भएकाले उक्त प्रक्रिया जारी रहेको रघुगंगा हाइड्रो लिमिटेडका प्रशासकीय अधिकृत काशीनाथ दाहालले जानकारी दिए।

‘ठेकेदारले बैंकबाट स्वीकृति पाउने क्रममा छ, बैंकको स्वीकृतिपत्रका आधारमा हामीले उसलाई कार्यक्षेत्रमा खटाउने हो’, अधिकृत दाहालले भने, ‘नयाँ संरचनाअनुसार अब स्थानीयलाई पनि यसमा लगानी गर्ने बाटो खुलेको छ।’ २०७१ सालमा सम्पन्न गर्ने उद्देश्यका साथ २०६७ सालदेखि निर्माण सुरु भएको रघुगंगाको काम १० प्रतिशत मात्रै सम्पन्न भएको छ। आईभीआरसीएलले सात वर्षमा आयोजनाको बाँधस्थलसम्म पुग्ने सडकको ट्र्याक, आवास गृहका भवन र २५ मिटर सुरुङ खन्ने मात्र काम गरेको छ। बाँधस्थल, विद्युत् गृह र चार किलोमिटरभन्दा बढी सुरुङ खन्ने काम भने सुरु भएकै छैन। दग्नाम र झिँ वडाको सिमानामा बाँध रहने आयोजनाको पानी सुरुङमार्गमार्फत ल्याएर पिप्ले घुमाउने तालनजिकै विद्युत् गृहमा ल्याएर बिजुली उत्पादन गर्ने योजना छ।

आयोजनामा एक्जिम बैंकले करिब ६ अर्ब रुपैयाँ लगानी गर्नेछ।

२०६७ सालमा ३२ मेगावाट उत्पादन गर्ने गरी काम अघि बढाइए पनि अहिले भने आठ बढाएर ४० मेगावाट पु¥याइएको छ। ‘यो आयोजनाको सम्भाव्यता सन् १९९८ मा गरिएको थियो। यसलाई पुनः अद्यावधिक गरेर ३२ बाट ४० बनाइएको हो’, अधिकृत दाहालले भने। प्राधिकरणले कम्पनी मोडेलमार्फत आयोजना अघि बढाउने र स्थानीयलाई लगानीको अवसर सिर्जना गर्ने निर्णय स्वागतयोग्य रहेको प्रभावित क्षेत्रका स्थानीय एवं रघुगंगा गाउँपालिका–३ पिप्लेका वडाध्यक्ष जीवन मल्लले बताए। ‘हामीले आयोजना अघि बढाउन जस्तोसुकै सहयोग गर्न तयार छौं। विभिन्न बहानामा अब काम रोकिनुभएन’, उनले भने, ‘हामीले लगानी पनि गर्न पाउने भएपछि यसले सकारात्मक सन्देश प्रवाह गरेको छ।’ आयोजनामा एक्जिम बैंकले करिब ६ अर्ब रुपैयाँ लगानी गर्नेछ।

यसका लागि नेपाल सरकार र भारत सरकारबीच यसअघि नै सम्झौता भएको हो। रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले तीन वडाका सर्वसाधारणले प्राथामिकताका आधारमा लगानी गर्न पाउने बताए। ‘यस विषयमा आयोजना र हामीबीच धेरै चरणमा कुराकानी भइसकेको छ। पहिला देखिएका समस्या पनि हल हुँदै गएका छन्’, उनले भने, ‘समग्र जिल्लाको आर्थिक समृद्धिसँग जोडिएको यो आयोजना बढ्नुको विकल्प छैन।’

रघुगंगाबाट उत्पादिन विद्युत् सरकारले अहिले निर्माण गरिरहेको २२० केभीए कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत दाना–खुर्कोट सबस्टेसनमा जोडिनेछ। रघुगंगालगायत कालीगण्डकी करिडोर क्षेत्रका करिब तीन सय मेगावाट सरकारी तथा निजीक्षेत्रका जलविद्युत् आयोजनाका लागि दाना र खुर्कोट सबस्टेसन र प्रसारण लाइनको काम तीव्र बनेको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.