करिब २ लाख रकमसहित १७ जना जुवाडे पक्राउ
काठमाडौं : प्रहरीले १ लाख ७६ हजार ५ सय १० नगदसहित २४ जना जुवाडे पक्राउ गरेको छ।महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले कुलेश्वर हाइटमा अजयकुमार शाहको घरमा आइतबार बेलुका ५:४५ बजे जुवा खेलिरहेका ७ महिलासहित १७ जना जुवाडेलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा काभ्रेका ३८ वर्षीय सूर्यनारायण श्रेष्ठ,काठमाडौं लगनटोलका ४१ वर्षीय प्रकाश तामांग,बल्खुका ३९ वर्षीय नवराज सुवेदी,जडिबुटीका ३७ वर्षीय सोनम शेर्पा, लगनटोलका ४० वर्षीय धनदाश तामाङ्गलाई जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै जडिबुटी बस्ने २९ वर्षीय कर्मा लामा,२९ वर्षीय समिर तामाङ्ग, भक्तपुर सुर्यविनायक बस्ने ३४ वर्षीय माधवकुमार कार्की, कुलेश्वर बस्ने ३५ वर्षीय बुद्धबहादुर बल,कोटेश्वरका ३२ वर्षीय विदुर फुयाल, कुलेश्वर बस्ने ३२ वर्षीया बबिता पुडाशैनी, ३६वर्षीया कविता तामाङ्ग र ४५ वर्षीया मिरा गुरुङ पक्राउ परेका छन्।
त्यस्तै बल्खु बस्ने ५० वर्षीया लक्ष्मि गुरुङ ,बाफल बस्ने ३४ वर्षीया रिना तामाङ्ग, कुलेश्वर बस्ने २६ वर्षीया सलिना गौतम, र स्वयम्भु बस्ने ३३ वर्षीय ममता लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकाको थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !