मिल्न बाँकी विषय टुङ्गो लगाउने जिम्मा दुई अध्यक्षलाई

मिल्न बाँकी विषय टुङ्गो लगाउने जिम्मा दुई अध्यक्षलाई

काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मा दुई पार्टीका अध्यक्षहरूलाई दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान ९ बजेदेखि पौने १ बजेसम्म बसेको बैठकले मिल्न बाँकी विषय टुंगो लगाउने जिम्मा दुई अध्यक्षहरूलाई दिएको हो।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तरिम राजनीतिक प्रतिवेदन र पार्टी विधानमा मिल्न बाँकी रहेका विषय टुंगो लगाउनेछन्। समितिको अर्को बैठकमा एकताको मिति तय गरिने श्रेष्ठले जानकारी दिए।

वैशाख ९ का लागि तय गरिएको एमाले-माओवादी केन्द्रबीचको एकता औपचारिक रूपमा घोषणा हुने/नहुने अन्योलका बीच एकता संयोजन समितिको बैठक बसेको थियो।

पार्टी एकतालगायत विषयमा ओली र प्रचण्डबीच सोमबार भएको वार्ताले मंगलबार बिहानका एकता संयोजन समितिको बैठक तय गरेको थियो।

एकताको गृहकार्य अघि बढे पनि संगठन संरचना, चुनाव चिह्न र निर्देशक सिद्धान्तका विषयमा सहमति हुन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.