अमेरिकी दूतावासको टोली मुस्ताङमा
जोमसोम- नेपालस्थित अमेरिकी दूतावासको चार सदस्यीय टोली हिमाली जिल्ला मुस्ताङ आइपुगेका छन्। ‘इङलिस एसिस माइक्रो स्कोलरशिप प्रोगाम’का लागि अमेरिकन टोली दुई जना र नेपाली टोली दुई जना पोखराबाट जहाज चढेर मुस्ताङ आइपुगेका हुन्।
अमेरिकी दूतावासका रिजनल इङलिस ल्याङवेजका अफिसर नबिला मासौनीसहित अर्को एकजना दूतावासका अधिकारी, दूतावासका नेपाली कर्मचारी विश्वराज गौतम र त्रिभुवन विश्वविद्यालयका कार्यक्रम व्यवस्थापन मुकुन्द पाण्डे उक्त प्रोग्राम लिएर मुस्ताङ आएको स्रोतले जनाएको छ। उनीहरुले जोमसोमको होटल ओम्स होम्समा बसेका छन्।
मुस्ताङका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको अंग्रेजी भाषा बोल्ने र लेख्ने क्षमता विकास गर्ने उद्देश्यले इङलिस एसिस माईक्रो स्कोलरशिप प्रोग्राम लिएर मुस्ताङ आएको बताइएको छ। उनीहरुले मंगलबार शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङमा यस सम्बन्धी कार्यक्रम गरेका छन्।
मुस्ताङमा अमेरिकन संस्थाबाट यहाँका विद्यालय, गुम्बा र कला संस्कृतिलगायतमा लगानी गरिएको पाइन्छ।
प्रतिक्रिया दिनुहोस !