कोरोनाको नयाँ भेरियन्ट : दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई बेलायत प्रतिबन्ध
लण्डन : कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि बेलायतले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ। दक्षिण अफ्रिकामा कोरोनाको उत्परिवर्तित भाइरस देखापरेपछि दक्षिण अफ्रिकाका ६ देशका नागरिकलाई बेलायतले प्रवेशमा प्रतिबन्ध लगाएको बीबीसीमा खबर छ।
बेलायतका स्वास्थ्य मन्त्री शाजिद जावेदल दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट बेलायतमा नदेखिएको तर सावधानीका लागि ती मुलकका नागरिकलाई प्रवेशमा रोक लगाएको बताएका छन्।
अहिलेसम्म भएका भाइरसमध्ये दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट खतरा रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !