ओलीलाई देउवाको प्रस्ताव: एमसीसी अनुमोदन गरौं, तपाइँले सहयोग गर्नुस्

ओलीलाई देउवाको प्रस्ताव: एमसीसी अनुमोदन गरौं, तपाइँले सहयोग गर्नुस्

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा बालकोटाबाट बाहिरिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग देउवाले करिब दुई घन्टा छलफल गरेर बाहिरिएका हुन्।

प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि केपी ओलीसँग सहयोग मागेको बालकोट स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनको लागि जसरी पनि सहयोग गर्न अपील गरेका थिए।

'एमसीसी अनुमोदन गर्न प्रचण्ड र माधव नेपाल मान्नुभएन। एमसीसीलाई तपाइँले यसअघि पनि प्रक्रियामा लैजानुभएको हो। अमेरिकाले पनि फागुन १६ भित्र जसरी पनि अनुमोदन गर्नुपर्ने भनेको छ। तपाइँले अनुमोदन गर्न सहयोग गर्नुपर्‍यो,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

बैठकमा सभामुख अग्नि सापकोटाले एमसीसीबारे खेलेको नकारात्मक भूमिकाबारे समेत छलफल भएको बताइएको छ। सत्ता गठबन्धनको आजै बसेको बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा पत्नी आरजुसहित बालकोट पुगेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.