सरकारमा नजाने गगनको उद्घोष

सरकारमा नजाने गगनको उद्घोष

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू सरकारमा नजाने घोषणा गरेका छन्। बुधबार नेपाली कांग्रेस संसदीय दलको मतपरिणाम सार्वजनिक भएपछि महामन्त्री थापाले आफू सरकारमा नजाने र कांग्रेस नेतृत्वको सरकार बनाउन पहल गर्ने बताए।

उनले भने,' कांग्रेस नेतृत्वको सरकार बन्यो भने अरु साथीहरु जानुहुन्छ। पार्टीमा रुपान्तरण र पुस्तान्तरणको आवश्यकता छ। मेरो सोचाइ पनि यही  हो र म त्यसमै लागिरहन्छु।'

आगामी दिनमा संसदीय दलकै नेता बन्ने तयारीमा लाग्ने उनको भनाइ छ। थापाले मतपरिणामले आफू निराश नहुने बताए। उनले भने,' म यो मतपरिणामले निराश हुन्न। बरु थप मिहिनेत गर्छु्। एउटा समय आउँछ साथीहरुले यसलाई महशुस गर्नुहुनेछ।'

थापाले पार्टीभित्र राष्ट्रपति,प्रधानमन्त्रीलगायत विभिन्न पदमा छलफल गरेर पारदर्शी ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिए। पार्टीको संसदीय दल र आधिकारिक समिति वेगर छलफल भए त्यो व्यक्तिगत हुने उनको भनाइ  छ। 

उनले आजैबाट नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताए।

महामन्त्री थापा कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति देउवासँग पराजित भएका छन्। देउवाले ६४ मत ल्याउँदा गगनले २५ मत प्राप्त  गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.