‘के घर के डेरा’ घोषणा
काठमाडौं : ३५ वर्षअघि प्रदीप रिमाल निर्देशित फिल्म ‘के घर के डेरा’कै नामबाट अर्को फिल्म बन्ने भएको छ। सुव्रतराज आचार्यले निर्देशन गर्ने ‘के घर के डेरा’ फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ। सोमबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले ‘कास्ट एन्ड क्रु’ सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो।
फिल्ममा अभिनेताद्वय दयाहाङ राई र विपिन कार्की, अभिनेत्री वर्षा राउतको अभिनय रहनेछ। फिल्मका अन्य कलाकारमा लुनिभा तुलाधर, रवीन्द्र झा, आर्सिना भट्टराईलगायत छन्।
शुभलाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रूपमा छन् भने ताक्पा तामाङ (सिंगे लामा) कार्यकारी निर्माता छन्। ‘हरि’ फिल्मका निर्देशक सफल केसी र प्रतीक गुरुङको पटकथा रहेको फिल्मको कन्सेप्ट निर्माता सिंगे लामाको हो। फिल्मको कथावस्तु भाडावालहरुको पीडा समेटिएको छ।
मित्र डी गुरुङको सम्पादन रहने फिल्ममा शंकर थापा ‘स्माइल’ को संगीत तथा गायन, डीपी खनाल तथा सुव्रतराज आचार्यको गीत, उदयराज पौडेलको एरेन्ज र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ।
प्रतिक्रिया दिनुहोस !