कसको नेतृत्वमा सरकार बन्छ कसैले भन्न सक्दैन : ओली

कसको नेतृत्वमा सरकार बन्छ कसैले भन्न सक्दैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा १६५ सिटमा गठबन्धन गरेको सत्तारुढ दलको बहुमत नपुगेको बताएका छन्। मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा‘एमाले जनताको रोजाईको पहिलो पार्टी’कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनको परिणाम आइपुग्दा गठबन्धनले मात्रै सरकार गठबन्धन गर्न नसक्ने अवस्थामा हुमत नपुगेको धारणा राखेका हुन्। उनले थप दललाई साथमा लिएर अगाडि बढ्नुपर्ने अवस्था आएको टिप्पणी गरे।

आज देश फेरि देश गम्भीर अवस्थामा आइपुगेको उनले बताए। ‘आज देशमा फेरि गम्भीर अवस्थामा गएको छ। फेरि लेनदेन, फेरी साँठगाँठ, फेरि सेटिङ यस दिशातर्फ जाँदैछ।’ ओलीले भने,‘हिजो ४ वटा राष्ट्रिय पार्टी थिए, अहिले ७ वटा पुगेका छन्। परिणाम के भइरहेको छ, सरकार गठनको बारेमा बोल्न सक्ने अवस्था छैन। कसको नेतृत्वमा बन्छ कसैले भन्न सक्दैन। लोकतन्त्रलाई कमजोर बनाएपछि यस्तो अवस्था आउँछ।’

एमालेले हार्दा देशको भविश्यले हार्ने भएकाले आत्मविश्वासका साथ अगाडि बढ्नुपर्ने ओलीले बताए। उनले निर्वाचनमा सरकारले राज्यका शक्ति चरम दुरुपयोग भएको उल्लेख गरे। उनले निर्वाचनका बेलामा देखिएको हर्कत हेर्दा एमालेले ठूलो जित निकालेको पार्टीको निष्कर्षमा रहेको दाबी गरे। 

उनले एमालेलाई होच्याउने र कमजोर पार्न खोज्ने प्रयास असफल भएको धारणा राखे। उनले भने,‘केपी ओलीबिनाको एमाले, एमाले बिनाको नेपाल, एमाले बिनाको संसद कम्ति कराएनन् तर एमालेका अध्यक्ष ओली जनताले सर्वाधिक मत दिएर विजयी बनाए।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.