बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
धनुषा : बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मिथिला नगरपालिका-५ श्रीपुरस्थित सडकमा ना.६ ख ८४२४ नम्बरको बसले ज.१२ प १४९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-१ भुतही पटेर्वा बस्ने ६० वर्षीय चन्द्र दिप यादवको मृत्यु भएको हो।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !