अर्थमन्त्रीमाथि छानविन गर्न संसदीय विशेष समिति गठन, को को छन् सदस्य?

अर्थमन्त्रीमाथि छानविन गर्न संसदीय विशेष समिति गठन, को को छन् सदस्य?

काठमाडौं : प्रतिनिधिसभाले अर्थमन्त्री जनार्दन शर्माको संलग्नतामा भएको बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिको प्रवेश र व्यापारिक स्वार्थमा करको दर हेरफेरको विषयमा सत्य तथ्य छानविन गर्न संसदीय विशेष समिति गठन गरेको छ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन भएको घोषणा गर्दै सदस्यहरुको नाम प्रस्तुत गरेका थिए।

समितिमा एमालेबाट चार, कांग्रेस, माओवादी केन्द्रबाट दुई/दुई जना, एकीकृत समाजवादी, जसपा र लोसपाबाट एक/एक जना सदस्य छन्।

सभामुखले प्रस्तुत गरेको समितिको सदस्यहरुमा खजराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव रहेका छन्।

प्रतिनिधिसभाले सभापति र कार्यविधि चयन गर्ने जिम्मा समितिलाई नै दिएको छ। समितिको कार्याविधि १० दिनसम्म हुने सभामुख सापकोटाले जानकारी गराए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.