पार्टीलाई थप मजबुत र सशक्त बनाउँछु : प्रधानमन्त्री

पार्टीलाई  थप मजबुत र सशक्त बनाउँछु :   प्रधानमन्त्री

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई थप सशक्त र बलियो बनाएर अघि बढ्ने बताएका छन् । संसदीय दलको नेतामा निर्वाचित भएपछि प्रधानमन्त्री देउवाले पार्टीलाई व्यवधानमुक्त राख्ने काममा आफू लाग्ने बताएका हुन् ।

देउवाले भने, ‘हार्दिक धन्यवाद छ । यो पार्टीलाई राम्रोरुपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधानमुक्त राख्नेछु ।’

बुधबार भएको संसदीय दलको निर्वाचनमा देउवा ६४ मत ल्याएर विजयी भएका छन्। देउवाका प्रतिष्पर्धी महामन्त्री गगन थापाले २५ मत प्राप्त गरे । सभापति देउवा योसँगै छैठौं पटक पार्टीको संसदीय दलको नेता बनेका हुन्। यसअघि उनी विसं २०५१, २०५८, २०६३, २०७२ र २०७४ मा समेत संसदीय दलको नेता निर्वाचित भएका थिए।

संसदीय दलको निर्वाचन परिणामपछि देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.