केपी ओली भेट्न प्रधानमन्त्री देउवा पत्‍नी आरजुसहित बालकोटमा

केपी ओली भेट्न प्रधानमन्त्री देउवा पत्‍नी आरजुसहित बालकोटमा

काठमाडौं: सत्ता गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्। बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीको विषयमा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री देउवा पत्‍नी आरजुसहित बालकोट पुगेका हुन्।

कांग्रेसका नेताहरुका अनुसार देउवा सकेसम्म भोलि (शुक्रबार) नै संसद बैठकमा एमसीसी टेबल गर्न चाहन्छन्। उनले त्यही प्रस्ताव सत्ता गठबन्धनको बैठकमा समेत राखेको बालुवाटार स्रोतले जानकारी दियो। तर नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कुनै पनि हालतमा भोलि एमसीसी टेबल गर्न नदिने अडान लिए। सत्ता साझेदार दलबीच सहमति हुन नसक्दा तीन घन्टाको छलफल बिना निष्कर्ष टुंगिएको थियो।

एमसीसीलाई अगाडि बढाउन प्रधानमन्त्री देउवाले गठबन्धनको विकल्पमा समेत छलफला जारी राखेका छन्। आजै मात्र कांग्रेस नेता मिनेन्द्र रिजाल ओलीलाई भेट्न बालकोट पुगेका थिए। एमसीसी अनुमोदनका लागि सहयोग गर्न र सरकार अल्पमतमा परिहाले समर्थन गर्न देउवाले ओलीसमक्षा प्रस्ताव गर्ने बालुवाटार स्रोतको दाबी छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.