पूर्णबहादुर खड्काको दावी- भारी मतका साथ देउवा संसदीय दलको नेता बन्दै हुनुहुन्छ

पूर्णबहादुर खड्काको दावी- भारी मतका साथ देउवा संसदीय दलको नेता बन्दै हुनुहुन्छ

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भारी मतका साथ संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुने दावी गरेका छन्। 
देउवाको समर्थक रहेका नेता खड्काले सञ्‍चारकर्मीसँगै कुरा गर्दै देउवालाई अधिकांश सांसदको साथ रहेको बताए।

नेता खड्काले राजनीतिक दल र मुलुकलाई एकताबद्ध गर्न देउवाले दलको नेतामा उम्मेदवारी दिएको स्पष्ट पारे।

'गठबन्धन दललाई मिलाउन देउवाले सक्नुहुन्छ,' उनले भने,' अन्य दलले पनि उहाँलाई स्वीकार्नुहुन्छ। त्यसले देउवाजी भारी मतका साथ दलको नेता चुनिनुहुन्छ।'

संस्थापन पक्षबाट देउवाले संसदीय दलको नेताका लागि उम्‍मेदवारी दर्ता गराएका छन्। उनको समर्थकमा उपसभापति खड्का र प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका छन्।

दलको नेतामा देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्।

उनले देउवालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि महामन्त्री थापाले सञ्‍चारकर्मीसँग कुरा गर्दै संसदीय दलको उम्मेदवारी फिर्ता लिन देउवालाई आग्रह गरेका हुन्।

संसदीय दलको नेताका उम्मेदवारले दरखास्त दिने समय मंगलबार दिउँसो २ देखि ३ बजेसम्म तोकिएको थियो।

उम्मेदवारको अन्तिम नामावली आज नै प्रकाशन गर्ने कार्यक्रम छ। कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.