चितवनका आकांक्षीहरुको जित्ने दाबी, रेनु दाहाल भन्छिन्- भरतपुरवासीको ठूलो विश्वास जितेको छु

चितवन : राजनीतिक दलका झण्डा र र्यालीले सोमबार भरतपुरको सडक ब्यस्त थियो। कार्यकर्ता दलका पक्षमा माहोल बनाउन नाराजुलुस गर्थै थिए। उम्मेदवारसहित अविरजात्रा गरे। मनोनयन दर्ता गर्न पुगेका थिए। निर्वाचनको रौनकताले उत्साहित कार्यकर्ता नाचगान गरेर सबैको ध्यान तान्न ब्यस्त थिए। पन्चेबाजासहित नाचगान गर्दै पुगेका थिए।
चितवनको सात पालिकामध्येको भरतपुर महानगरपालिकाको निर्वाचनका लागि ठूला र साना दल प्रतिस्पर्धामा छन्। केही जित्ने दाबी गर्थे भने केहीलाई दलको अस्थित्वका लागि चुनावमा होमिएका छन्। प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरु आफैँले जित्ने दाबी गरे। विद्युत प्राधीकरण कार्यालय नजिक रहेको मुख्य निर्वाचन कार्यालय विरपर दिनभर नै भिड थियो। निर्वाचनले सबैमा उत्साह थपेको थियो।
सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले प्रमुखमा उम्मेदवारी दर्ता गरेकी छन्। दाहाल भरतपुर महानगरपालिकाको वर्तमान मेयर हुन्। सत्ता गठबन्धनभित्र सहमति जुटेपछि दाहालले महानगरपालिकाको मेयरको टिकट पाएकी हुन्। २०७४ सालको निर्वाचनमा दाहाल भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस-माओवादी गठबन्धनबाट मेयरमा विजयी भएकी थिइन्। उपप्रमुखमा नेपाली कांग्रेसका नगर सभापति चित्रसेन अधिकारीले मनोनयन गरेका छन्।
दाहालले निर्वाचन जित्ने दाबी गरेकी छन्। यसअघिको कार्यकालमा गरेको कामको आधारले गठबन्धनले जित्ने दाबी गरेकी छन्। ‘हामीले भरतपुर महानगरलाई समृद्ध बनाउनका लागि सोचेको भन्दा धेरै विकास गरेका छौं,' रेनुले भनिन्, 'भरतपुरवासीको ठूलो विश्वास जितेको छु।'
एमालेले भरतपुर र माडीमा राप्रपासँग तालमेल गरेको छ। एमालेको तर्फबाट महानगर प्रमुखमा विजय सुवेदीले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्तापछि पत्रकारसँग कुराकानी गर्दै सुवेदीले नगरबासीको अभिलेख राख्ने बताए।
उनले भने, 'गरिब विपन्नको जीवनस्तर उकास्ने, गुरुयोजना बनाएर संसारकै सुन्दर नगर बनाउनतिर लाग्छु। नमूना सहर बनाउँछु।’ एमालेले राप्रपासँग भरतपुरमा तालमेल गर्ने भएको छ। भरतपुरमा एमालेसँगको तालमेलबाट राप्रपाकी हिमाली गुरुङले उम्मेदवारी दिएकी छन्।
भरतपुर महानगरमा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। विवेकशिल साझा पार्टी प्रविण काफ्लेले मेयरमा उम्मेदवारी दर्ता गराएका छन्। चितवनको भरतपुर महानगरपालिकाको मेयरमा २९ जनाको उम्मेद्वारी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हिजो ११ र आज १८ जनाले मेयरमा उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै उपमेयरमा १३ जनाको उम्मेदवारी परेको कार्यालयले जनाएको छ।
माडी नगरपालिकामा एमालेको तर्फबाट मेयरमा ताराकाजी कुमारी महतो र उपमेयरमा रेशमलाल आचार्यले उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी सत्ता गठबन्धनको तर्फबाट मेयरमा माओवादीको र उपमेयरमा कांग्रेसबाट खेम महतोले उम्मेदवारी दर्ता गराएका छन्।
रत्ननगर नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट कांगेसका नगर सभापति प्रल्हाद सापकोटा र एमोलेको तर्फबाट विमला दुवाडीले उम्मेदवारी मनोनयन गरेकी छन्। खैरहनीमा काँग्रसका शशिचन्द्र खनियाँले र एमालेका लालमणि चौधरी उम्मेदवार बनेका छन्। राप्तीमा गठबन्धनको तर्फबाट नेकपा समाजवादी शम्सेर लामा र उपप्रमुखमा कांग्रेसका देवेन्द्र लामा उमेदवार बनेका छन्। एमालेका तफर्बाट भने प्रमुखमा गोविन्द कँडेल र उपप्रमुखमा मेनुका पाठक उम्मेदवार बनेका छन्।
कालिका नगरपालिकामा गठबन्धनबाट कांग्रेसबाट शिवराम केसीले प्रमुखमा उम्मेदवारी दर्ता गरेका छन्। एमालेको तर्फबाट प्रमुखमा विनोद रेग्मी उमेदवार बनेका छन्।
चितवनको एकमात्र गाँउपालिका इच्छाकामनामा नेपाली कांग्रेसको तर्फबाट गीताकुमारी गुरुङ र माओवादी केन्द्रका प्रताप गुरुङले मनोनयन गरेका छन्। एमालेकाको तफर्बाट अध्यक्षमा दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवालले उम्मेदवारी दर्ता गराए।
प्रतिक्रिया दिनुहोस !
