दाङ २ मा एमाले महासचिव शंकर पोखरेल र गठबन्धनबाट रेखा शर्माको उम्मेदवारी
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभाको निर्वाचनका लागि दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर पोखरेलले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। सोही क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका रेखा शर्माले उम्मेदवारी दर्ता गराएकी छन्।
यसअघि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा चुनाव लड्ने योजनामा रहे पनि पछि व्याक भएका थिए।
प्रतिक्रिया दिनुहोस !