बिना निष्कर्ष टुंगियो सत्ता गठबन्धनको बैठक, भोलि फेरि बस्ने

बिना निष्कर्ष टुंगियो सत्ता गठबन्धनको बैठक, भोलि फेरि बस्ने

काठमाडौं : सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसीबारे छलफल भएको थियो । भोलिको संसदमा बैठकमा एमसीसी टेबल गर्ने विषयमा सहमति जुट्न नसकेको हो । गठबन्धनका शीर्ष नेताबीच भोलि विहान फेरि १० बजे बैठक बस्ने प्रचण्डको सचिवालयले जनाएको छ । 

सत्ता गठबन्धनको कांग्रेस एमसीसी पारित गर्ने पक्षमा छ भने प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादी चुनावपछि सार्ने र संशोधनसहित पारित गर्नुपर्ने, यथास्थितिमा पारित गर्न नहुने अडानमा छ । 

आजको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी थिए । जनमोर्चालाई भने बैठक बोलाइएको थिएन । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.