पर्यटन प्रवर्द्धनको ५० लाख रुपैयाँ मदिरा पार्टीमा स्वाहा !

पर्यटन प्रवर्द्धनको ५० लाख रुपैयाँ मदिरा पार्टीमा स्वाहा !

धरानः प्रदेश नम्बर एकको पर्यट प्रवद्धनका लागि विनियोजित ५० लाख रुपैयाँ बजेट मदिरा पार्टीमा स्वाहा पारिएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा बिहीबारदेखि धरानमा सुरु तीनदिने ‘इस्ट टुरिजम मार्ट २०१८’ का लागि छुट्याइएको ५० लाख बजेट सहभागीहरूलाई मदिरा पिलाएर सकिएको हो । 

‘इस्ट टुरिजम मार्ट २०१८’ का लागि नेपाल पर्यटन बोर्डले ४० लाख, धरान उपमहानगरपालिकाले ६ लाख र प्रदेश एक भरीका पर्यटन व्यवसायी तथा संघसस्थाहरुबाट सङ्कलन गरिएको थियो । 

तर, आयोजक नेपाल पर्यटन बोर्डले प्रदेश एकभरका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूको प्रर्वद्धन, प्रचार प्रसार भन्दा सहभागीहरूलाई मदिरा पिलाए बजेट सक्ने काम गरेको हो । बिहीबार प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको इस्ट टुरिजम मार्ट २०१८ को समापन भएलगत्तै मदिरा पार्टी सुरु भएको थियो । 

कार्यक्रमका मुख्य अतिथि राई, प्रदेश एकका सभामुख प्रदीप भण्डारी, प्रदेश एकका पर्यटनमन्त्री जगदीश कुसियत र प्रदेशका मुख्य सचिव, सचिवहरू लगायतका करिब ५ सयको हाराहारीमा  धरान–१५ स्थित इजिराइर्डस होटेल पुगेका थिए । 

राति ११ बजेसम्म चलेको मदिरा पार्टीका सहभागीहरूलाई वास्टटाइनर बियर, रुसलान भोड्का, रियल टेजर ह्वीस्कीसँग खसी, कुखुरा र बङ्गुरको मासु तथा भोज पकौडा खुवाइएको थियो। 

मदिरा पार्टीमा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी, धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बा र ‘इस्ट टुरिजम आर्ट २०१८’ का अध्यक्ष भविश कुमार श्रेष्ठको नाममा रहेको निमन्त्रण कार्डबाट सहभागीलाई मदिरा पार्टीमा प्रवेश गराइएको थियो । 

मदिरा पिएर लठ्ठ बनेका धरान उपमहानगरपालिकाका केही कर्मचारी र पर्यटन व्यवसायीहरूलाई आफ्नो सवारी चलाएर घर जान समेत हम्मे परेको थियो । धरान उपमहानगरपालिकाका पूर्वउपमेयर कृष्णनारायण पालिखेले पर्यटन प्रवर्द्धनका लागि छुट्याइएको बजेट मदिरा पार्टीमा खर्च गर्नु भष्ट्राचार भएको बताए । 

उनले गलतरुपमा पर्यटन प्रवर्द्धनको बजेट मदिरा पार्टीमा खर्च गर्ने कर्मचारीलाई कारबाही गर्न माग गरेका छन् । धरान उपमहानगरका एक वडाअध्यक्षले जनताको रकमबाट मदिरा पार्टीे गरिएकोमा विरोध जनाएका छन् । ती वडाध्यक्षले उक्त कार्यक्रममा आफू लगायत वडाका सबै सदस्यहरूलाई निमन्त्रण गरिएपनि गलत नियतले कार्यक्रम गरेको चाल पाएपछि आफूहरू नगएको बताए । 

धरान उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेले उपमहानगरपालिकाले विनियोजन गरेको बजेटबाट मदिरा पार्टीको आयोजना नगरी पर्यटन बोर्डको आफ्नै बजेट खर्च भएको बताए । 

मदिरा पार्टीको आयोजना गर्नु गलत परिपाटी भएको भन्दै आलोचना गर्दा पर्यटन बोर्डका कर्मचारीले विगतमा पनि यस्तै गर्ने गरेको प्रतिक्रिया दिएको उनले बताए । इष्ट टुरिजम मार्ट २०१८ कार्यक्रमका अध्यक्ष भविशकुमार श्रेष्ठले विदेशी पाहुनासहित २ सय ५० जनालाई मदिरा पार्टीमार्फत सत्कार गरेको बताए । उनले अतिथिहरूलाई सत्कार गरी मदिरासहितको डिनरको व्यवस्था गर्नु बजेटको दुरुपयोग नहुने जिकिर गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.