१५ महिनादेखि फरार कैदी पक्राउ

१५ महिनादेखि फरार कैदी पक्राउ

कालिकोट :  १५ महिना अघि कालिकोट जिल्लाको सदरमुकाम मान्म बजारबाट फरार भएका कैदी बलबहादुर शाही पुन पक्राउ परेका छन्। जिल्लाको महावै गाउपालिका वडा नं. ३ आोदानकु निवासी कर्तव्य ज्यान मुद्धामा जिल्ला कारागार कालिकोटमा कैद भुक्तान गरिरहेका शाही २०७३ साल चैत ११ गते प्रहरी जवानसँग बजारमा आएका बेला भागेका थिए।

उनलाई जिल्ला प्रहरी कार्यालय कालिकोटको एक टोलीले बाँकेको कोहोलपुर नगरपालिका वडा नं. १४ हवल्दापुरबाट पक्राउ गरी कालिकोट ल्याएर पत्रकार सम्मेलन गरी सार्बजानिक गरेको हो। 

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी इन्सपेक्टर निरज चौलागगाईका अनुसार २०६६ सालमा नेपालगञ्जका धनु धितालका छोरा राजु धिताललाई अपहरण गरी मारेको घटनाका मुख्य योजनाकार शाहीलाई जिल्ला अदालत बाँकेको २०६७ साल फागुन २ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा सर्वस्वसहित २० वर्ष कैद र अपहरण तथा शरीर बन्दक मुद्धामा १५ वर्ष कैद र दुई लाख जरिवाना गरिएको थियो। जिल्ला प्रहरी प्रमूख डिएसपी सुवासचन्द्र बोहोराले विशेष सूचनाको आधारमा प्रहरीले कोहोलपुरबाट पक्राउ गरी आइतबार कारागार चलान गरिएको जानकारी दिए। 

कैदी भगाउने प्रहरीलाई कालिकोट जिल्ला कारागारभित्र थुनुवाका रूपमा राखिएको छ। उनीहरूलाई कारागार ऐन २०१९ अन्तर्गत कारबाही भइरहेको छ। उनीहरूले शाहीलाई कारागार लैजानुको सट्टा मान्म बजारबाट भगाएको बुझिएको छ। भारतको विभिन्न ठाउँमा बस्दै आएका शाहीले नेपालमा जग्गा दलाली गर्दै आइरहेका थिए।

चार दिन अघिमात्र कोहलपुर पुगेका शाहीलाई जिल्ला प्रहरी कार्यालय कालिकोट र बाँके प्रहरी कार्यालयको सहयोगमा पक्राउ गरी शनिबार बेलुका कालिकोट जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.