श्रीमती हत्यामा सर्वश्वसहित जन्मकैद
तानसेन : श्रीमती मारेको अभियोगमा डेढ वर्षदेखि थुनामा रहेका जिल्ला शिक्षा कार्यालय पाल्पामा कार्यरत रम्भा गाउँपालिका-५ ताहुका दिपेन्द्र बस्याललाई जिल्ला अदालत पाल्पाले सर्वश्वसहित जन्म कैदको फैसला गरेको छ।
डेढ वर्षदेखि हत्याको अभियोगमा जिल्ला कारागार पाल्पामा थुनामा रहेको बस्याललाई हत्या प्रमाणित भएपछि जिल्ला न्याधीश शंकरराज बरालको इजलासले सर्वश्वसहित जन्मकैदको फैसला गरेको हो।
बस्यालले २०७३ साल असोज २८ गते श्रीमती विनु पुलामी मगरको हत्या गरी राम्दी क्षेत्रको कालीगण्डकीमा लगेर फालेको पुष्टि भएको छ । रम्भा गाउँपालिका वडा नम्बर १ हेकलाङकी विनु पुलामी मगरसँग बस्यालले २०६९ सालमा प्रेम विवाह गरेका थिए। अन्तरजातीय प्रेम विवाह भएकाले बस्यालका घरपरिवारले विनुलाई बुहारीको रुपमा स्वीकार नगरेपछि दुवैबीच सम्बन्ध चिसिदै गएको थियो।
हत्या घटनामा सहयोग गरेकोले निजका बुवा लक्ष्मण बस्याल, आमा पार्वती बस्याललाई ६ महिनाको कैद फैसाला भएको जिल्ला अदालत पाल्पाका तहसिलदार भेषराज खनालले बताए।दुवैजना जनप्रिय माविमा अध्यापन गराउँदै आएका थिए।
प्रतिक्रिया दिनुहोस !