गर्मीले ज्यानै गयो : दुई जना बेहोस

गर्मीले ज्यानै गयो : दुई जना बेहोस

बर्दिबास : अध्यधिक गर्मीले महोत्तरीको गौशाला नगरपालिका-८ बेलगाछीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीया सिकिलदेवी सदा मुसहर रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । प्रहरी निरीक्षक भोला भट्टका अनुसार उनका ६ महिने शिशुसहित पाँच सन्तान छन् ।

सिकिलदेवीकी सासू ५५ वर्षीया सुनर (सोनर)देवी सदा मुसहर र उनकी छिमेकी २५ वर्षीया किसुनदेवी सदा मुसहर बेहोस भएर स्वास्थ्य संस्थामा भर्ना भएका छन् । गौशालास्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा उपचाररत उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न डा. मनोज दासले बताए । अत्यधिक गर्मीका कारण उनीहरू बेहोस भएको दासको भनाइ छ ।

स्थानीयका अनुसार सोनरदेवी आइतबार बिहानै पाँच जना महिलाको समूहमा धान रोप्न गाउँकै उमेश महतोको खेतमा गएकी थिइन् । एकाबिहानै पनि घाम चर्किएको थियो । बिहानै ४० डिग्री तापक्रमले खेतको पानी तात्दै गयो, रोपाइँ गरिरहेकी सोनरदेवी बेहोस् भइन् । उनलाई खेतको आलीमा राखी बुहारी सिकिलले पानी छम्किइन् । त्यही बेला किसुनदेवी पनि गर्मीले बेहोस भएको जनाइएको छ ।

स्थानीय रेडियोकर्मी दिनेश महतोका अनुसार सिकिल घटना सुनाउन एक किलोमिटर दूरीमा रहेको घर दौडिएर गइन् । उनले खबर सुनाएपछि घरका सदस्य मोटरसाइकल लिएर सोनरको उपचारका लागि हिँडे । मोटरसाइकललाई पछ्याउन लागेकी सिकिल दौडँदा–दौडँदै बेहोस भएर लडेको उनको भनाइ छ । भने, ‘पछि उनको मृत्यु भएको थियो ।’

सिकिलदेवीको मृत्यु भएपछि ६ महिनो शिशुसहित बालबच्चाको बिचल्ली भएको छ । उनका पति रघरनाथ साा मुसहर मजदुरीका लागि शनिबार मात्रै भारतको पन्जाब गएका छन् । महोत्तरीलगायत जनकपुर आसपासमा आइतबार बिहानै तापक्रम ४० डिग्री थियो । अत्यधिक गर्मीले मध्य तराईको जनजीवन प्रभावित बनेको छ

६ विद्यार्थी बेहोससिरहा ः केही दिनयता बढ्दै गएको गर्मीका कारण सिरहाको एक सामुदायिक विद्यालयका विद्यार्थी बेहोस भएका छन् । सदरमुकाम सिरहास्थित चन्द्र माविमा कक्षा ५ मा अध्ययनरत पाँच छात्रा आइतबार बेहोस भएका हुन् । ती छात्रामध्ये पूजाकुमारी साह, नेहाकुमारी यादव र राधिकाकुमारी यादवलाई अस्पताल पु¥याएर उपचार गराइएको छ ।

सिरहा अस्पतालका चिकित्सक अखिलेश चौधरीले समयमै उपचारका लागि अस्पताल ल्याइएका कारण तीनै जना जोखिमबाट बचेको बताए । गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि विद्यालयले पठनपाठन रोकेको छ । निजी विद्यालयबाट दैनिकजसो विद्यार्थी बेहोस भएर उपचारमा आउने गरेको अस्पतालले जनाएको छ । 

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.