सुरक्षा माग्दै जनप्रतिनिधि

सुरक्षा माग्दै जनप्रतिनिधि

परासी : पश्चिम नवलपरासीका स्थानीय जनप्रतिनिधि सुरक्षा माग्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ समुहबाट अपराधिक घटनासहित सुरक्षा चुनौती बढेको भन्दै मंगलबार जिल्लाका सात स्थानी तहका प्रमुखहरु जिल्ला प्रशासन कार्यालय पुगेर सुरक्षाको माग गरेका हुन् । जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन् ।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलाई ज्ञापन पत्र बुझाउँदै स्थानीय तहका प्रमुखले शान्ति सुरक्षाको प्रत्याभुतिसहित भयरहित वातावरणमा जनताको काम गर्ने अवस्था सिर्जना गर्न माग गरेका हुन् । अपराधिक मानसिकता बोकेका अराजक तत्वले टेलिफोनमार्फत धम्काउने, त्रास देखाउने र ज्यानमार्ने धम्कीसमेत दिने गरेको स्थानीय तहका प्रमुखहरुले बताएका छन् ।

जनप्रतिनिधि नै असुरक्षित हुनुले समग्र जिल्लाकै शान्ति सुरक्षाको अवस्था नाजुक भएको ज्ञापन पत्रमार्फत् उनीहरुले ठहर गरेका छन् । असुरक्षा बढेको भन्दै जनप्रतिनिधिले व्यक्तिगत सुरक्षाका लागि सुरक्षाकर्मी उपलव्ध गराउन समेत माग गरेका छन् । रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले पछिल्लो पटक जनप्रतिनिधिलाई कार्यालय, घर र जनताका काम गर्ने क्रममा बाहिर जाँदासमेत असुरक्षित महशुस हुने गरेको बताए । शान्ति सुरक्षाका लागि हरेक स्थानीय तहमा प्रहरी सुरक्षाको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ ।

सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले आफूलाई बारम्बार टेलिफोनबाट राजीनामा गर्न र डर त्रास देखाउँदै धम्की आउने गरेको बताए । तीन महिनाअघि जिल्लाका सबै स्थानीय तह प्रमुखलाई विप्लव समुहले राजीनामा गर्न उर्दी जारी गरेको थियो । उर्दीलाई वेवास्ता गरेको भन्दै सोमबार सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलाई दुव्र्यवहार गरेपछि जनप्रतिनिधिले आफूहरु असुरक्षित भएको भन्दै सुरक्षाका लागि जिल्ला प्रशासन पुगेका हुन् ।

कारबाही गर्न माग

जिल्लाका स्थानीय तह प्रमुखले सोमबार सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेमाथि भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । सातवटै स्थानीय तहका प्रमुखले मंगलबार विज्ञप्ती जारी गर्दै विप्लव समुहका कार्यकर्ताले अध्यक्ष पाण्डेमाथि गरेको दुव्र्यवहार निन्दनीय र घृणित भएको ठहर गरेका छन् ।

जनताका हरेक सेवा र आवश्यकतालाई पूरा गराउन स्थापित स्थानीय तहका जनप्रतिनिधिलाई हतोत्साहित गराउन गरिएको घटना घृणित भएको भन्दै त्यस्ता अराजक तत्वलाई कारबाही गर्न विज्ञप्तीमार्फत माग गरेका हुन् । सोमबार विप्लव समुहको जनपरिषद्को नाउँबाट अध्यक्ष पाण्डेमाथि मोबिल खनाएर दुव्र्यवहार गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.