मुठीदानका भरमा मदरसा

मुठीदानका भरमा मदरसा

तानसेन : पाल्पा रामपुरका मुस्लिम समुदायले २३ बर्षदेखी चन्दा–मुठि संकलन गरेर विद्यालय चलाएका छन्। मुठि दानबाट चलेको नुरुल आधारभूत विद्यालयमा कक्षा ७ सम्म पढाई हुन्छ। विद्यालयमा रहेका १ सय ७० जना विद्यार्थीलाई पढाउनका लागि १४ जना निजी स्रोतका शिक्षकहरु राखएको छ।

सरकारले विद्यालय सञ्चालनका लागि रकम नदिएपछि मुठिदानबाटै चलाउनु परेको हो। मुस्लिम समुदायको आफनै कला संस्कृतिसंग सम्बन्धित विद्यालय भएकाले खाने गास कटाएर सहयोग आउने गरेको विद्यालयका प्राधानाध्यापक मोहम्मद सलिमले बताए। ‘मदरसा जस्तै विद्यालय हो, यहा सरकारले नै तोकेको पाठ्यक्रम पढाई हुन्छ, उनले भने–‘तर मुस्लिम वालवालिकाले पढ्ने विद्यालयलाई सरकारी निकायबाट सहयोग भएको छैन।’

धर्म, कला संस्कृतिको जर्गेना गर्न रामपुरमा मुस्लिम समुदायको विद्यालय शुरु गरिएको थियो। सरकारले गुरुकुल विद्यालयलाइ जस्तै मदरसालाई सहयोग गर्नु पर्ने सलिमले बताए। अभिभावकहरुले विद्यालय चलाउन अन्न, पैसा चन्दा दिदै आएका छन्।

न शिक्षक दरवन्दी, न विद्यार्थीलाई छात्रबृत्ति। मदरसाका वालवालिका आवासीय कक्षलाई कोठा बनाएर पढ्न वाध्य छन्।

यस क्षेत्रमा मदरसा विद्यालय छैनन्। मुस्लिम समुदायहरु उच्च शिक्षा हासिल गर्नको लािग भारत जानुपर्ने बाध्यता छ। पाल्पा, गुल्मी, अर्घाखाची, तनहु, स्याङ्जा, पोखरा, पर्वत बाग्लुङका मुस्लिम समुदायका वालवालिकाहरु विद्यालयमा पढ्न आउने गरेका छन्। सोही विजद्यालयलाई उच्च तहको मदरसा बनाउन सुझाव भए पनि आर्थिक अभावले नसकिएको विद्यालय व्यबस्थापन समितीका अध्यक्ष महमद अलीले बताए।

विद्यालय चलाउने रकम जुटाउन शिक्षकहरु नै घरघरमा चन्दा उठाउन जाने गरेका छन्। ‘धार्मिक पर्वहरुमा घरघरमा पुग्छौैं, नगद जिन्सी जे पाउछौैं लिन्छौ, अलीले भने–‘सम्पन्न मुस्लिमका परिवारले आम्दानीको केही प्रतिशत रकम दन्छन, विदेशबाट आउनेले पनि सहयोग गर्छन।’

मदरसामा भवन, शिक्षक, पस्तकालयको अभाव छ। त्यहा पढ्ने ििवद्यार्थीले छात्रबृत्ति समेत पाउदैनन्। भवन अभाव हुदा शिक्षक विद्यार्थीको आवासीय कोठामा कक्षा कोठा संचालन गर्नुपरेको शिक्षक महम्मद अलि मियाले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.