बजेट आज : प्राथमिकतामा सडक र खानेपानी

बजेट आज : प्राथमिकतामा सडक र खानेपानी

बुटवल : प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि शुक्रबार बजेट ल्याउदैछ । सरकार गठन भएको पाँच महिनाभित्र दोस्रोे बजेट ल्याउन लागेको हो । प्रदेश ५ मा करिव ३० अर्बको बजेट आउने सरकारले जनाएको छ । बुधबारमात्रै संसदबाट पारित नीति कार्यक्रममै रहेर बजेट आउने सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए । संघीय सरकारको समानीकरण तथा ससर्त अनुदान, चालु आवको सञ्चित रकम तथा आन्तरिक राजश्व संकलनको लक्ष्यसहितको बजेट मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले प्रस्तुत गर्नेछन् ।

बजेट प्रस्तुतका लागि शुक्रबार दिउसो एक बजे बैठक बोलाइएको छ । त्यसअघि बस्ने मन्त्रीपरिषद बैठकले बजेट पारित गर्नेछ । बजेटमा सबभन्दा धेरै रकम सडक निर्माणमा छुट्याइएको भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका प्रवक्ता चौधरीले बताए । सरकारले हरेक स्थानीय तहका मुकामसम्म दुई लेनको सडक निर्माण गर्ने नीति लिएको छ । जस अनुरुप बजेटमा १ सय ८३ सडक निर्माणका लागि बजेट बिनियोजन भएको छ ।

नीति कार्यक्रममा नारासहित ल्याइएको ‘एक घर एक धारा’ कार्यक्रम पनि बजेटको प्राथमिकतामा परेको छ । प्रदेश ५ का १२ जिल्लाका सदरमुकाममा खानेपानी संकट छ । शहर र ग्रामिण क्षेत्रमा खानेपानीको पहुच पुर्‍याउन बजेटको दोस्रो प्राथमिकतामा खानेपानी परेको प्रवक्ता चौधरीले बताए । कृषि, पर्यटन त्यसपछिका प्राथमिकतामा परेका छन् । पर्यटनका लागि प्रदेश सरकारले सामान्य बजेट बिनियोजन गरेको छ । संघीय सरकारको सहयोग बिना पर्यटनको विकास सम्भब नभएको भन्दै बजेटमा कम प्राथमिकता दिइएको बताइएको छ ।

बजेटमा करिव १ हजार ६ सय योजना समावेश हुने योजना आयोगका उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले जानकारी दिए । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम, ग्रामिण विद्युतीकरण, जलविद्युत क्षेत्रको विकासलाई पनि बजेटले सम्बोधन गर्ने श्रेष्ठले बताए । बजेटमा सांसदले रोजेका दुई योजनामा समेत बजेट बिनियोजन गरिएको बताइएको छ । संसदले निर्वाचन क्षेत्र विकास कोषको माग गरेका थिए । तर सरकारले दुई योजना दिने नीति अवलम्बन गरेको छ ।

समृद्ध प्रदेश, खुसी जनता कार्यक्रमको आधार बनाउने गरी बजेट आउने सरकारले जनाएको छ । बजेटले सबै क्षेत्रलाई समेटे पनि सडक, खानेपानीको पूर्वाधार विकासमा केन्द्रीत भएको हो । ‘आठ–नौ घण्टा पानी बोक्ने बाध्यता हटाउनु सरकारको प्रमुख दायित्व हो, प्रवक्ता चौधरीले भने–‘त्यसैले प्राथमिकतामा राखिएको छ ।’ प्रदेश सरकार आफैले सवा दुई अर्व राजश्व संकलन लक्ष्य राखेको छ । सवारी, मनो।रञ्जन लगायतका करको दर समेत शुक्रबार आउने बजेटले निर्धारण गर्नेछ । त्यससम्बन्धी बिधेयक संसदले पारित गरिसकेको छ । राजश्व संकलन तथा वित्त व्यवस्थापन सम्बन्धी दुई बिधेयकहरु प्रदेश प्रमुख उमाकान्त झाबाट प्रमाणिकरण भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.