खाद्य परीक्षण गर्न ल्याब र जनशक्ति अभाव

खाद्य परीक्षण गर्न ल्याब र जनशक्ति अभाव

बुुटवल : खाद्य पदार्थमा हुुने मिसावट परिक्षण गर्न प्रयोगशाला (ल्याब) नहुुँदा कारबाहीका लागि समस्या भएको नियमन निकायले बताएका छन्। बजार अनुुगमन भए पनि आधुुनिक ल्याब र जनशक्ति नहुुँदा वरामद गरिएका वस्तुु परीक्षण हुुन सकेको छैन। प्रदेश ५ मा भैरहवा र नेपालगञ्जमा वाणिज्य कार्यालय रहे पनि परीक्षणका लागि ल्याब र जनशक्ति भने छैनन्। यी कार्यालयले साविक अञ्चलमा समेत अनुुगमन गर्दै आएका छन्।

बाणीज्य कार्यालय भैरहवाका प्रमुुख बेदप्रकाश उपाध्यायले प्रदेशमा आधुुनिक ल्याब र त्यसअनुुसारको जनशक्ती नहुुँदा बजार अनुुगमनमा समस्या भएको बताए। ‘बजार अनुुगमन गर्छौं। तर अखाद्य हो वा होइन भनेर प्रमाणीत गर्न गाह्रो छ’, उपाध्यायले भने, ‘धेरै जसो पदार्थ परिक्षणको लागि काठमाडौं पठाउनुुपर्छ। नतिजा आउन ढिलो हुुन्छ।’

बाणीज्य कार्यालयको काममध्ये बजार अनुुगमन पनि हो। प्रदेश ५ मा भैरहवा र नेपालगञ्जमा बाणीज्य कार्यालय १२ वटा जिल्ला हेर्नुुपर्दछ। दुुबै ठाउँमा आधुुनिक ल्याब र जनशक्ती छैन। बजार अनुुगमनमा भेटीएका खाद्य सामाग्रीको परिक्षणको लागि खाद्य प्रविधि तथा गुुण नियन्त्रण क्षेत्रिय कार्यालयमा पठाउने गरिएको छ। तर त्यहाँ पनि आवश्यक ल्याब छैन। ‘हामीकहाँ आधारभूत परिक्षण मात्र हुुन्छ। त्यसबाहेक काठमाडौंमा विभागको केन्द्रिय ल्याबमा पठाउनुु पर्छ’, खाद्य प्रविधि तथा गुुण नियन्त्रण क्षेत्रीय कार्यालयका प्रमुुख हस्त राईले भने, ‘तेल, घिउजस्ता सामाग्री हामी यहीँ परिक्षण गछौं।’

भौतिक र रसायनीक अन्तर्गतको आधारभूत परिक्षण खाद्य प्रविधिको रुपन्देही कार्यालयमा हुुने गर्दछ। अरु परिक्षणको लागी बाहिर पठाउनुुपर्दछ। सुुष्म जैविक तर्फको सबै परिक्षण काठमाण्डौ पठाउने गरिएको छ। दुुध पानीजस्ता तरल पदार्थमा कोलिफम तथा किटाणुु भए नभएको परिक्षण रुपन्देहीमा हुुँदैन। हालैमात्र कार्यालयले २०–३० वटा पानीको नमुुना परिक्षणको लागि काठमाडौं पठाएको थियो।

खाद्य प्रविधि तथा गुुण नियन्त्रण कार्यालयले रुपन्देहीमा प्रयोगशाला विस्तार गर्ने योजना भने बनाएको छ। तर तत्कालको लागि स्थान अभाव देखीएको कार्यालय प्रमुुख राइले बताए। परिक्षणका लागि काठमाडौं पठाउनुुपर्दा नतिजा ढिलो आउँछ। त्यसले कारबाही प्रक्रिया पनि ढिलाई हुुन्छ। अनुुगमनबाट अखाद्य प्रमाणीत भएमा जिल्ला प्रसासन कार्यालयले मुुद्धा चलाएर कारबाही प्रक्रिया अगाडी बढाउँछ। ‘मुुद्दा चलाउन बैज्ञानिक रुपमा परिक्षण हुुनुुपर्छ। परिक्षणको लागि काठमाडौं पठाएकामध्ये केहीको २–३ दिनमा पनि रिपोर्ट आउँछ, केही परिक्षणका लागि धेरै दिन लाग्छ’, उनले भने।

बाणीज्य कार्यालयका प्रमुुख बेदप्रकाश उपाध्यायले बढी उपयोग हुुने खाद्यान्न, मासुु, तरकारीलगायतको परिक्षण गर्न ल्याब र विज्ञ अति आवश्यक रहेको बताए। उपभोत्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष नर्बुु लामाले सरकारले उपभोत्ताको स्वास्थ्यलाई विशेष प्राथमिकता दिनुुपर्ने बताए। बजार अनुुगमन नियमीत गरी सहज रुपमा खाद्य परिक्षण हुुनुुपर्ने उनको भनाइ छ। ‘शहर बजारमा मिसावटबाट नागरिक ठगिन्छन्। अझ उपभोत्ता सचेत नभएको गाउँ ठाउँमा कस्तो अवस्था होला’, उनले भने, ‘सबै नगर र गाउँपालिकामा आधारभूत ल्याब हुुनुुपर्दछ।’

आधुुनिक ल्याबको माग भएपछि प्रदेश सरकारले त्यसको लागि योजना बनाएको छ। बाणीज्य क्षेत्र समेत हेर्ने प्रदेश ५ को उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका सचिव सुुर्यकान्त सिग्देलले आधुुनिक ल्याबको लागि यस वर्ष बजेट विनियोजन हुुने बताए। ‘ल्याब विस्तारको लागि यस वर्ष बजेट छुुट्याउँछौं। आवश्यक विज्ञको पनि व्यवस्था हुुन्छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.