खडेरीले धानको ब्याड सुुक्दै

खडेरीले धानको ब्याड सुुक्दै

 गुुलरिया : धानको ब्याड राखेपछि पानी नपर्दा बर्दियामा बीउ सुुक्न थालेको छ । केही दिनयता खडेरीले धानको ब्याड सुुकेपछि किसान चिन्तित छन् । बर्दियाका सिँचाई सुुविधा भएका क्षेत्रमा धानको विउ हराभरा भए पनि आकासे पानीको भर पर्ने क्षेत्रका किसानका ब्याड सुुक्न थालेका छन् । केही दिनदेखि पानी नपरेपछि धानको विउ सुुकेको गुुलरियास्थित कोठियाका कृषक हरिराम थारुले बताए । ‘एक दुुई दिन पानी परेकाले धानको ब्याड राख्यौं । तर पाउन पर्न छाडेपछि उम्रिएको बीउ सुुक्न थालेको छ’, उनले भने, ‘यस पाली रोपाई गर्न समस्या होला जस्तो छ ? ’

बीउमा पानी लगाउन पम्पसेट खरिद गर्न नसक्नेहरु मारमा परेको थारुको भनाइ छ । विपन्न वर्गका किसानलाई सरकारले सहयोग र अनुुदान दिनुुपर्ने किसान भोमे थारु वताउँछन् । ‘धानको ब्याड छर्दा भाडामा वोरिङ्गबाट पानीको ब्यवस्था गरेका थियौं । एकातिर पानीको समस्या छ, अर्कोतिर लोडसेडिङ्ग भैरहदा पम्प चलाउन पनि सकिएको छैन’, उनले भने, ‘धान रोप्ने बेला किसान मारमा छन् ।’

बर्दियामा सिचाई सुुबिधा छैन । आकासे पानीको भरमा ब्याड राखेर धान रोप्ने किसान खडेरीले मारमा परेका हुुन् । समयमै पानी नपाउँदा उत्पादन घट्ने चिन्ता किसानको छ । बर्दिया जिल्ला धान उत्पादनको पकेट क्षेत्र मानिन्छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुुसार बर्दियामा करिव ५२ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । कहिले सिचाई, कहिले मलखाद अभावले उत्पादन अपेक्षाकृत हुुन सकेको छैन ।

सरकारले कृषि कार्यालयमार्फत किसानलाई उपलब्ध गराउने अनुुदान लक्षित वर्ग पहिचान गरी वितरण नगरेको राधेलाल लोधले वताए । ‘सम्पन्न किसानले किनेर पनि खेतीमा लगानी गर्छ तर गरीवले खेती गर्न पनि समस्या छ ? ’, उनले भने । आकासे खेती हुुने क्षेत्रमा भुुमीगत सिँचाईको राम्रो प्रवन्ध गर्नुुपर्ने उनको भनाइ छ ।

पश्चिम तराईका अधिकांश खेतमा आकाशे पानीबाट कृषि उत्पादन हँुुदै आएको छ । किसानले सिचाई सुुबिधा नहुुँदा असारे धानबाहेक अन्य वाली लागउन सक्दैनन् । धान लगाउने समयमा पानी नपरेपछि किसानमा झन चिन्तित छन् । मौसमविद्ले विगत वर्षभन्दा दुुई दिनअघि मनसुुन शुुरु हुुने भनेपछि धेरै किसानले ब्याड राखेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.