एक महिनामै भत्कियो पुल

एक महिनामै भत्कियो पुल

धरान : सुनसरी धरान उपमहानगरपालिकास्थित खहरे खोलाको पक्की पुल उद्घाटन भएको एक महिनामै भत्किएको छ। भोटेपुलबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने धनकुटे रोडस्थित पुल बुधबार राति अविरल वर्षा भएपछि भत्किएको हो। ठेकेदारले कमसल सामग्री प्रयोग गरेका कारण खहरे खोलाको सामान्य बाढीले नै पक्की पुल भत्काएको स्थानीयवासीले बताएका छन्। १ करोड ३ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको यो पुल महिनाअघि धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले उद्घाटन गरेका थिए। पुल भत्किएपछि बीपी प्रतिष्ठान जाने सवारी साधन सञ्चालनमा समस्या भएको छ। प्रदेश १ र २ का विभिन्न जिल्लाबाट बिरामी बोकेर आउने एम्बुलेन्ससमेत पुल भत्किएपछि प्रतिष्ठान जान सकेका छैनन्।

पाँच वर्षअघि पनि पक्की पुल बाढीले बगाएपछि सडक विभागले उक्त स्थानमा नयाँ बनाउन टेन्डर आह्वान गरेको थियो। ११ मिटर लामो पुल बनाउन पाण्डुकेशर श्याम जेभी कन्स्ट्रक्सन्सले ठेक्का पारेको थियो। ठेकेदार सचिज क्षत्री र गणेश गुरुङले कमसल सामग्री प्रयोग गरी पुल निर्माण गरेका कारण भत्किएको कांग्रेस सुनसरीका सचिव सुजेन्द्र तामाङले बताए। ठेकेदार क्षत्री र गुरुङ सम्पर्कमा आएका छैनन्। सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख जितेन्द्र चौधरीले पुल भत्किएका विषयमा आफूलाई जानकारी नभएको बताए।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उपे्रतीले ठेकेदारमाथि कडा कारबाही गरिने बताए। बीपी प्रतिष्ठान जाने बिरामीलाई समस्या भएकाले तत्काल पुल मर्मत गरी सञ्चालनमा ल्याउन सडक डिभिजनलाई निर्देशन दिइएको उनको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.