प्रदेश ५ को बजेट : २८ अर्ब ९ करोड (पूर्णपाठ)

प्रदेश ५ को बजेट : २८ अर्ब ९ करोड (पूर्णपाठ)

बुटवल : प्रदेश ५ को सरकारले शुक्रबार बजेट सार्वजनिक गरेको छ। सरकारले २८ अर्ब ९ करोड ३ लाखको बजेट ल्याएको हो। बजेटमध्ये चालु खर्चतर्फ ४० दशमलव ८० प्रतिशत अर्थात् ११ अर्ब ४६ करोड ५९ लाख रहेको छ। पुँजीगततर्फ १६ अर्ब ६२ करोड ४३ लाख अर्थात् ५९ दशमलव २० प्रतिशत बजेट विनियोजन भएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार बजेट सार्वजनिक गरेका हुन्। बजेटले पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ। यो बजेटमा संघीय सरकारबाट प्राप्त  ससर्त अनुदान वापतको ९ अर्ब ६७ करोड तीन लाख समेत समावेश छ।

कुल बजेटको स्रोतमध्ये संघबाट प्राप्त अनुदान ६ अर्ब ८६ करोड ९७ लाख, राजश्व बाँडफाड ८ अर्ब ५५ करोड ३ लाख, प्रदेशको आन्तरिक राजश्व २ अर्ब ४० करोड र चालु आबको बचत रकम ६० करोडबाट व्यवस्थापन हुने सरकारले अनुमान गरेको छ।

बजेटले भौतिक पूर्वाधारलाई समृद्धिको आधारका रुपमा लिएको छ। आर्थिक वृद्धिका लागि कृषि उद्योग र पर्यटनमा जोड दिइएको दाबी मुख्यमन्त्री पोखरेलको छ। दक्ष जनशक्तिको विकासका लागि सामाजिक क्षेत्रमा लगानी, गरिबी निवारण लक्षित कार्यक्रम, शासकीय प्रबन्धको तयारी र कार्यान्वयन तथा अध्ययन अनुसन्धानलाई बजेटको प्राथमिकतामा राखिएको छ। यी प्राथमिकताले समृद्ध प्रदेश खुसी जनता कार्यक्रमको सपनालाई पूरा गर्ने अपेक्षा लिइएको छ।

सरकारले स्थानीय तहका लागि दुई अर्ब रकम विभिन्न अनुदानका रुपमा विनियोजन गरिएको छ। प्रदेशमा रहेका १ सय ९ तहका लागि समानीकरण अनुदानमा ५० करोड, शसर्त अनुदानमा १ अर्ब र समपुरक अनुदानका लागि ५० करोड विनियोजन गरेको छ।

प्रदेश स्तरीय पाल्पा-रोल्पा जीवराज आश्रित-कृष्णसेन मार्गका लागि पाँच करोड विनियोजन गरेको मुख्यमन्त्री पोखरेलले बताए। प्रदेश क्षेत्र स्तरीय १ सय ३६ सडकका लागि १ अर्ब ८८ करोड ५५ लाख विनियोजन गरिएको छ।

सांसदले छानेका दुई योजनाका लागि ७० करोड ५० लाख रुपैयाँ बिनियोजन भएको छ। पाल्पाको सिद्धवावा पहिरोग्रस्त सडकको विकल्पमा धागो कारखाना-झुम्सा जोड्ने सडक निर्माणका लागि १० करोड विनियोजन गरिएको छ।

प्रदेश भित्रका जिल्ला सदरमुकाममा समेत खानेपानी सुविधाको पहुँच नपुगेका बुटवल, तानसेन, तुल्सीपुर घोराही जस्तै शहरमा खानेपानी प्राणालीमा सुधार गर्न बजेट राखिएको छ। सरकारले सडक निर्माणपछि सिचाई र खानेपानीलाई प्राथमिकतामा राखेको छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.