पोर्चुगलविद्ध डिएगो कोस्टाको गोल, खेल एक एकको बराबरी
काठमाडौँः पोर्चुगलले तेस्रो मिनेटमै गोल गरेपछि दबाबमा परेको स्पेनका लागि डिएगो कोस्टाले गोल गरेका छन् । कोस्टाले काउन्टर एट्याकमा खेलको २४ औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका छन् ।
यसअघि पोर्चुगलले स्पेनविरुद्ध खेलको सुरुमै सनसनीपूर्ण अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमै डी बक्स भित्र नाचोले लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डो आफैँले गोल गरेर स्पेनविरुद्ध सनसनीपूर्ण सुरुवात गरेका थिए ।नाचोले डी बक्सभित्र रोनाल्डोलाई खराब ट्याकल गरेर लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । डी बक्समा लडाएपछि रोनाल्डोले स्पेनिस किपर डेभिड डेयालाई छक्याउँदै अर्को दिशामा बललाई जाली चुमाएका थिए ।
प्रतिक्रिया दिनुहोस !