अनुमति विना निजी विद्यालय सञ्चालन गर्ने पक्राउ

अनुमति विना  निजी विद्यालय सञ्चालन गर्ने पक्राउ

ओखलढुंगाः  अनुमति विना सञ्चालन गरिएको निजी विद्यालयका सञ्चालकलाई प्रहरी पक्राउ गरेको छ । सिद्धिचरण नगरपालिका – २ निसंखेबजारमा बलराम कटुवालले अनुमति विना गुरुकुल एकेडेमी नामको निजी विद्यालय सञ्चालन गर्ने बलराम कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।

 चिसंखुगढी गाउापालिका–६ का कटुवालले कम्प्युटर इन्स्टिच्यूट सञ्चालन गरेको स्थानमै सवारी साधानसमेत राखेर दर्ता विनै गुरुकुल सञ्चालन गर्दै आएका थिए । स्थानीय तहबाट  अनुमति दिनु पर्ने व्यवस्था भए पनि कुनै प्रकृया नै नपु¥याई अभिभावक र विद्यार्थीलाई ठगी गरेको उजुरीका आधारमा सञ्चालक कटुवाललाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ परेका  कटुवाललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले  जानकारी दिए । उनलाई म्याद थप गरेर अदालत पेश गरिने उनले बताए । वडास्तरबाट सिफारिस लिएर नगरपालिकाले दर्ता गर्ने व्यवस्था भए पनि विना दर्तै विद्यालय सञ्चालन भएको वडाध्यक्ष कृष्ण कार्कीले बताए । ‘दर्ताका लागि कुनै निवेदन वडामा आएको छैन,’ उनले भने ।

 कटुवालले बस राखेर विना दर्ता  झुक्याएर विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै स्थानीयले प्रहरीमा उजुरी गरेका थिए ।  प्रहरीले उनलाई पक्राउ गरेर शिक्षा ऐन ०७४ अनुसार दर्ता विना विद्यालय सञ्चालन गर्नेमाथि सरकारवादी फौजदारी मुद्दासरह हुने गरी कारवाही अघि बढाइने जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.