राजेन्द्र महतो भन्छन् :  रेशम चौधरीका झुठा मुद्दा यथाशिघ्र फिर्ता गर

राजेन्द्र महतो भन्छन् :  रेशम चौधरीका झुठा मुद्दा यथाशिघ्र फिर्ता गर

जनकपुरधाम ः  राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नेपालको इतिहासमै सबैभन्दा शक्तिशाली वर्तमान सरकारसँग संविधान संशोधनको आशा रहेको बताएका छन् । शनिबार जनकपुरमा मानव विकास केन्द्र नामक संस्थाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महतोले भने,‘वर्तमान सरकार निकै शक्तिशाली छ ।

सरकारसँग बहुमतको समेत कुनै समस्या नभएको हुनाले संविधान संशोधन गरेर मधेसी जनताले उठाउँदै आएको मागलाई सम्बोधन गर्न सक्छ।’ अधिकारको आन्दोलन सम्पन्न नभएसम्म विकासको मार्ग प्रशस्त हुन नसक्ने हुनाले सर्वप्रथम वर्तमान सरकारले मधेसको जनताको मागलाई सम्बोधन गर्न संशोधनको मुद्दालाई गम्भीरताका साथ लिएर समाधान गर्नुपर्ने नेता महतोको भनाइ छ ।

‘संविधान संशोधन भयो भने, राजपा नेपालसरकारमा सहभागी हुन तयार छ,’ नेता महतोले भने,‘बल सरकारको कोर्टमा छ,अब यसमा कस्तो गोल हान्ने त्यो उहाँहरुको रोजाइ छ ।’ 

नेता महतोले रेशम चौधरीको विषयलाई उठाउँदै भने,‘निर्वाचित सांसदलाई मुद्दा लगाएर अपराध प्रमाणित नहुँदै अपराधी जस्तो व्यवहार उचित होइन् , चौधरीमाथि लगाइएका झुठा मुद्दा यथाशिघ्र फिर्ता हुनुपर्यो भन्ने हाम्रो माग छ ।

उनले संघीय सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट संघीयताको मर्म अनुरुपको नभई केन्द्रिकृत मानसिकताको उपज भएका बताए । बजेटले प्रदेशलाई बलियो पार्ने र जनतामा परिवर्तनको अनुभूति गराउन नसक्ने हुनाले यो संघीयतालाई कमजोर बनाउने खालको बजेट रहेको नेता महतोको  भनाइ छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.