भारतीय मलबीउको भरमा मर्चवारको खेती

भारतीय मलबीउको भरमा मर्चवारको खेती

 बुटवल : प्रदेश पाँचको अन्नभण्डार रुपन्देहीको मर्चवारका किसान धानको ब्याड राख्न शुरु भएपछि बीउ खोज्न भारत पसेका छन् । स्वदेशमै मल र बीउ सहज रुपमा नपाइएपछि मर्चवारका किसानले सीमावर्ती भारतीय बजारबाट खरिद गर्दै आएका छन् ।

नेपालमा प्रयाप्त बिउ र मल नपाइने भएपछि किसानहरु भारतको सिमावर्ती शहरमा मल बिऊका लागि भौतारिनु परेको छ । धान उब्जनीको उर्बरभूमि मर्चवार क्षेत्रका किसानको यो समस्या नौलो भने होइन ।

‘सधै भारतबाटै बीउ ल्याएर खेती गरेका छौं, मर्चवारी रायपुरका किसान जवाहिर चौधरीले भने–‘बीउ पनि उतैबाट ल्याउछौं, मल पनि उतैबाट ।’ धानखेतीको उर्वरभूमिका किसानले सिचाई सुबिधा समेत पाउदैनन् । सरकारले दिने मल र बिउले मर्चवारका ४० प्रतिशत किसानको माग समेत थेग्दैन् ।

मर्चवारमा करिव २० हजार हेक्टरमा धान खेती हुदै आएको छ । यो रुपन्देहीका एक तिहाई जमिन हो । प्रर्याप्त सिचाई सुबिधा नभएका कारण एक खेतीमात्रै हुदै आएको छ । हरेक वर्षको जेठ महिनामा आकाशबाट पानी पर्न थालेपछि मर्चवारका किसानको सीमावर्ती बजारमा भिडभाड हुन्छ ।

खेतमा ब्याड राख्न ट्याक्टरले जोत्दै गर्दा किसानहरु भन्सार छलेर मल र विउ भित्र्याउन बाध्य भएका छन् । सरकारले बजेट भाषणमा कृषि उत्पादन दोब्बर बनाउने घोषणा गरेपनि खेति लगाउने समयमा किसानहरुले बिउ र मलका लागि सधै हैरानी खेप्नु परेको छ ।

भारतबाट बिउ भित्र्याउदा कमसल र उत्पादनमा ह्रास आउने विउ भए पनि त्यसैलाई रोप्न किसानहरु बाध्य छन् । सिचाईको प्रर्याप्त सुबिधा नभएको मर्चवारमा यो वर्ष छिटै मनसुन शुरु भएपछि ब्याड बनाउने हतारो शुरु भएको छ ।

रुपन्देहीमा ६९ हजार हेक्टरमा धान खेती हुने कृषि विकास कार्यालयका वालीविकास अधिकृत विनोद ज्ञवालीले बताए । उनका अनुसार रुपन्देहीका लागि ३ हजार चारसय मेक्ट्रिकटन धानको विउ आवश्यक छ । तर अनुदान मार्फत जम्मा २ सय ४० मेक्ट्रिटन बिउ किसानले पाएका छन् । केही बिउ निजी उत्पादन कम्पनीबाट पूर्ति भए पनि अधिकांश बिउ भारतीय बजारबाट भित्रिने गरेको छ ।

उन्नतजात र चाइनिज जातको बिउ भारतीय बजारबाट आपूर्ति हुने गरेको छ । अनुदानको बिउ पहिला आउने किसानले पाउने भनिएपछि कर्मचारीको लार्पबाहीले निजी पसलबाट बिक्री हुने गरेको किसानले गुनासो गर्दै आएका छन् । मर्चवारका करिव ४० प्रतिशत किसानले धानको ब्याडमा बीउ छरेका छन् । जेठमै पानी परेकाले किसानलाई सहज भएको हो ।

रुपन्देहीका किसानले बिउ मात्रै होइन मलका लागि समेत भारतकै भर पर्नुपरेको छ । अघिल्लो वर्ष कृषि सामगी्र केन्द्रले धान पसाएपछि मात्रै मल आयात गरेका कारण करिव ६० प्रतिशत किसानले भारतीय मल प्रयोग गरेका थिए । सीमावर्ती क्षेत्रबाट २५ केजीको दरमा मल ल्याउन सुरक्षाकर्मीले छुट दिने गरेको किसानहरु बताउछन् ।

मर्चवारीका किसान राजाराम प्रजापति कोहारले भारतबाट मल ल्याउनु बाध्यता भएको सुनाउछन् । ‘धन्न सीमामा खटिएका सेना पुलिसले २५ किलो ल्याउन दिन्छन, उनले भने–‘यहा (नेपाल)को मल कहिले आउछ भन्नै सकिदैन ।’ गत साल मल आउने आसमा कतिपय किसानले मल बिना नै धान काट्नु परेको थियो ।

नेपाली बजारमा भन्दा भारतमा सस्तो मल पाइने उनीहरुको भनाई छ । भारतीय बजारबाट ५० किलो डिएपीलाई १२ सय रुपैयामा ल्याउने गरेको किसान कोहारले भने । नेपालमा भने सोही मललाई २३ सय पर्ने गरेको उनको भनाई छ । युरिया भारतमा ३ सय ५० पर्छ भने नेपालमा ८ सयसम्म लिने गरेको उनको अनुभव छ ।

दुई वर्षअघि पनि रुपन्देहीका ७५ प्रतिशत किसानले भारतीय मल प्रयोग गरेका थिए । भारतबाट भित्रिने मल अधिकांश अबैध रुपमा आउने गरेको छ । किसानका नाममा दैनिक सीमाबाट मल भित्र्याउनेको गिरोह नै रहेको किसानहरु बताउछन् ।

सरकारले भने यो वर्ष मलको अभाव नहुने दावि गरेको छ । संघीय सरकारका कृषि मन्त्री चक्रपाणी खनालले समयमा मल व्यवस्थापन गर्न नसक्ने कम्पनीलाई कारबाही गरिने चेतावनी समेत दिएको बताए ।

‘मैले मन्त्री भएको तीन दिनमै मलको व्यवस्थापन समयमा गर्न निर्देशन दिएको छु उनले भने,–‘युरिया अहिले पनि प्रर्याप्त छ, डिएपी भारतको विशाखा पटनममा रोकिएको छ । केही दिनमै नेपाल भित्रिन्छ ।’

मन्त्री खनालले अनुदानको मल सहकारी मार्फत बिक्री हुने भन्दै अनियमितता भए सहकारी नै खारेज गर्ने चेतावनी दिए । बिउ मलको व्यवस्थापनका विषयमा प्रदेश सरकारले समेत चासो दिएको छ ।

मर्चवारी गाउपालिकाका अध्यक्ष केशवानन्द बानियाले सिचाराई सुबिधा र मल बिउको व्यवस्थापन भए मर्चवारले चार गुणा खाद्यन्नको आपूर्ति पुराउने बताउछन । ‘मर्चवारमा एक वाली मात्रै खेती गर्नु सिचाईको सुबिधा नभएर हो, उनले भने–‘मल बीउ सिचाई भए तीन वाली उत्पादन हुन्छ । बाझो खेतमा रोपाइ हुन्छ ।’

खेती गर्ने समयमा बिउ, मल र सिचाईको अभाव भए पनि रुपन्देही खाद्यन्नमा आत्मनिर्भर जिल्ला हो । रुपन्देहीमा धानको उत्पादकत्व प्रतिहेक्टर पाँच मेक्ट्रिक्टन रहेको छ । यहाको उत्पादनले लुम्बिनी अञ्चलका छ वटा जिल्लाको खाद्यन्न मागलाई थेगेको छ ।

पानी परेपछि धानको बिउँ राख्न व्यस्त

कोहलपुर ः मनसुन सक्रिय भएपछि बाँकेका किसानहरु धानको बिउँ राख्न व्यस्त भएका छन् । आकाशे पानीको भरमा खेती गर्ने किसानहरु पानी पर्न शुरु भएपछि खेतबारीमै धानको बिउँ राख्न जुटेका हुन् । विहिवारदेखि पश्चिम नेपालमा मनुसुन सक्रिय भएको छ ।

अधिल्लो वर्षभन्दा यस वर्ष मनसुन अलि चाडै सक्रिय भएपछि किसानहरु यो वर्ष धान उत्पादनमा बृद्वि हुने अपेक्षा रहेको बैजनाथ गाउपालिका ३ का किसान नहकुल थापाले बताए । विउ राख्ने ब्याड तयार भएपछि बिउ र मलको खोजीमा किसान लागेका छन । कोहलपुरका किसान सोहन थारु पनि शुक्रवारदेखि खेतमा धानको बिउ राख्न शुरु गरेको बताए ।

जिल्लामा करिब ४० हजार हेक्टर धान उत्पादनका लागि खेती योग्य जमिन मध्ये १३ हजार ५ सय हेक्टर जमिनमा मात्रै भूमिगत जलस्रोतको पहुँच अन्र्तगत पर्दछ । भूमिगत जलस्रोतको पहुँच भएको बेतहनी, बनकट्टी, राधापुर, सितापुर लगायतका केही गाविसमा धानको बिँउ राखिसकिएको छ ।

भूमिगत जलस्रोतको पहुँच नपुगेको जमिनमा किसानहरु आकाशे पानीकै भरमा खेती गर्ने गर्दछन् । बाँकेमा खेतीयोग्य जमिनमा सिचाईको पहुँच पु¥याउन एसियाली विकास बैंक लगायतका विभिन्न संस्थाको सहयोगमा नेपाल सरकारले ७५ वटा डिप ट्युबेल निर्माण गरेपनि अहिले ३५ वटामात्र सञ्चालनमा छन् । बाँकी ४० डिप ट्युबेले बिग्रिएको १०÷१२ वर्ष बित्न थाले पनि मर्मत सम्भार नहुँदा किसानहरु खेतीका लागि आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.