दिनमा ७१ पटक विद्युत् अवरुद्ध

दिनमा ७१ पटक विद्युत् अवरुद्ध

 तानसेन : अनियमित विद्युत् कटौतीले हैरान परेपछि तानसेनवासीले जिल्ला प्रशासनसँग गुहार मागेका छन् । १२ घण्टामा ७१ पटक विद्युत् काटिएको भन्दै स्थानीयले जिल्ला प्रशासन र विद्युत् वितरण केन्द्रमा पुगी विद्युत् नियमित गर्न आग्रह गरेका हुन् । ‘दिनभर गनेरै बसें । ५७ पटक बगयो’, तानसेनका उपभोक्ता अजय कर्माचार्यले भने ।

पटक–पटक लाइन काटिरहँदा फ्रिज, टेलिभिजन, वासिङ मेसिनलगायत विद्युतीय सामान बिग्रिएको उपभोक्ता मधुदयाल सैजुले बताए । रिडी हाइड्रोपावर, बुटवल पावर कम्पनीबाट उत्पादित विद्युत् तानसेन हुँदै राष्ट्रिय प्रसारमा जोडिएको छ । तर, तानसेनमा विद्युत् आपूर्ति सहज हुन सकेको छैन । नीतिगत व्यवस्था गरेर विद्युत् आपूर्ति गर्न स्थानीयले प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल र पाल्पा विद्युत्का प्रमुख इन्जिनियर रामु श्रेष्ठलाई आग्रह गरेका छन् । पाल्पाबाट गुल्मीलाई विद्युत् आपूर्ति गरिएकाले सो जिल्लामा विद्युत् अनियमित भएको छ ।

लोडसेडिङका बेलाजस्तै विद्युत् अवरुद्ध हुँदा उद्योग, व्यवसाय प्रभावित भएका छन् । साना उद्योग सञ्चालनमा कठिनाइ आएको उद्योगीको भनाइ छ । तानसेनमा खानेपानी व्यवस्थापनमा समेत कठिन भएको छ । बुटवलबाट पाल्पा जंगल हुँदै विद्युत् आउने भएकाले सामान्य वर्षा र हावा लाग्नासाथ विद्युत् अवरुद्ध हुने विद्युत् प्राधिकरण पाल्पा शाखाका प्रमुख रामु श्रेष्ठले बताए । ‘जंगलको बाटो छाडेर तानसेन बुटवल सडकखण्ड हुँदै लाइनको रुट परिवर्तन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । आगामी वर्षदेखि समस्या कम हुन्छ’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.