सिद्धबाबा पहिरो विकल्पमा वाइपास

सिद्धबाबा पहिरो विकल्पमा वाइपास

बुटवल : सिद्धार्थ राजमार्गको पहिरो ग्रस्त क्षेत्र सिद्धवावाको विकल्पमा वाइपास बन्ने भएको छ । वर्षेनी पहिरो र दुर्घटनाका कारण दर्जनौ यात्रुको ज्यान लिने सडकको विकल्पमा वाइपास बनाइने भएको हो । प्रदेश सरकारले आगामी वर्षको बजेटमा बुटवलको धागो कारखानाबाट चरंगे, चौकी भञ्ज्याङ हुँदै पाल्पाको झुम्सा निकाल्ने गरी वाइपास सडक निर्माणको लागि १० करोड रुपैया बजेट छुट्याएको छ । केन्द्र सरकारले सिद्धबाबा क्षेत्रमा सुरुङमार्गको अध्ययन र निर्माणको लागि बजेट विनियोजन गरेको बेला प्रदेश सरकारको ध्यान बाइपास सडकतर्फ गएको हो ।

यो सडक झुम्सादेखी चरंगेहुँदै बुटवलको धागो कारखानासम्म २१ किलोमिटर सडक बन्ने छ । सिद्धबाबा क्षेत्रमा पहिरो गइ सडक अवरुद्ध हुने र यात्रुको ज्यान जाने सम्मको घट्ना भएपछि बैकल्पीक मार्गको खोजी गरिएको हो । झुम्साबाट चौकी भञ्ज्याङसम्म साढे ७ किलोमिटर ३ वर्ष अघि नै ग्रामीण सडकको रुपमा सडकको ट्याक खुलेको छ । यस वर्ष पाल्पाको तिनाउँ गाउँपालिका र अन्य स्थानिय तहको बजेटबाट स्तरोन्नती गरिएको छ । त्यस्तै चौकी भञ्ज्याङदेखी रुपन्देही देबदह गाविसको मुढाबाससम्म ६ किलोमिटर सडकको ट्रयाक खोल्ने काम भइरहेको छ ।

तिनाउ गाउँपालिकाको ६० लाख, तान्सेन नगरपालिकाको २० लाख, रिब्दीकोट गाउँपालिकाको १० र बग्नासकाली गाउँपालिकाको १० लाख गरी एक करोडको लागतमा सडक निर्माण तथा स्तरोन्नतीको काम भएको हो । ‘अब ३ सय मिटर बाँकी छ, केही समयमा जिप चल्ने खालको बाटो बन्छ,’ तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर राना मगरले भने–‘सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग नबन्दासम्म यो बैकल्पीक बाटो बन्छ ।’ यो सडकमा ठूला पुल राख्नु नपर्ने र ३ ठाउँमा कल्भर्ट मात्र राख्न सकिने उनले बताए । देबदहको मुढाबासबाट चरंगे हुँदै धागो कारखानासम्म सडक बनेको छ । त्यसलाई स्तरोन्नती भने गर्नुपर्दछ ।

सडक बनेपछि अब नाली निर्माण, वाल लगाउने, ग्राभेल गर्ने लगायतका काम हुने छ । प्रदेश सरकारले छुट्याएको बजेटबाट यी काम हुने छ । आगामी आर्थिक वर्ष भित्र ट्रिपर ओहोर दोहोर गर्न सक्ने खालको सडक बनाउने प्रदेशको भौतिक विकास तथा पूर्वाधार मन्त्री बैजनाथ चौधरीले बताए । ‘आउने वर्ष पिच बाहेकको सडक तयार गछौं,’ उनले भने –‘ट्रिपरसम्म ओहोर दोहोर गर्ने बाटो बन्नेछ । सिद्धबाबा क्षेत्रको बैकल्पीक मार्ग पनि हुने छ ।’

सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा चुनढुंगा लिन दैनिक चार सय ट्रिपरहरु ओहोर दोहोर गर्ने गर्दछन् । भारी तौल सहित ट्रिपर हिड्दा सडक पटक पटक भत्कीने र विग्रने गरेको छ । झुम्सा चरंगे सडक बनेमा ट्रिपरको लागि अर्को बाटो मात्र प्रयोग गर्न दिने योजना प्रदेशको भौतिक विकास तथा पूर्वाधार मन्त्रालयको छ । ‘त्यसो भएमा सडक केही सुरक्षित हुन्छ र दुर्घट्नामा पनि कमि आउने प्रदेश सरकारको आशा छ,’ मन्त्री चौधरीले भने ।

प्रदेश नम्बर पाँचको नीति तथा कार्यक्रममा सिद्धबाबा क्षेत्रको पहिरो समाधानको लागि लागी त्यस ठाउँको चुरे उत्खनन गरी ढुंगा, गिटी, माटो विकासका आयोजनामा लगाउने योजना उल्लेख छ । ‘पहिले अध्ययन हुन्छ, अध्ययनबाट पहाडका ढुंगा गिटी उत्खनन गर्न उपयुक्त देखीयो भने पनि अर्को बैकल्पीक सडक चाहीहाल्छ । त्यसको लागि यो सडक प्रयोग आउन सक्छ,’– मन्त्री चौधरीले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.