मुआब्जा नपाएपछि विमानस्थलमा अवरोध

मुआब्जा नपाएपछि विमानस्थलमा अवरोध

 भैरहवा : भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण प्रभावित भएको छ । नागरिक उड्डयन प्राधिकरणका डिजी सञ्जिव गौतमले विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाएका जग्गाधनीले निर्माण कार्य प्रभावित पारेका हुन् । केही साताअघि मुआब्जा वितरण गर्न अर्थ मन्त्रालयबाट ५ अर्ब रुपैयाँ निकासा भए पनि प्राधिकरणका डिजी गौतमले उक्त रकम विमानस्थल आयोजनालाई पठाएका छैैनन् । पैसा नपाएपछि जग्गाधनीले विमानस्थल निर्माण कार्य प्रभावित परेका हुन् ।

जग्गा अधिग्रहण गरेको धेरै समय भए पनि हाल सम्म मुआब्जा नपाउँदा स्थानिय आक्रोशित भएका छन् । स्थानियले विमानस्थलको धावनमार्गको काम पूर्ण रुपमा ठप्प पारेका छन् भने आयोजनाको सुरक्षामा विगतदेखि निर्माण भइरहेको टर्मिनल भवन, कन्ट्रोल टावर आदि निर्माण कार्य सुस्त गतिमा चलिरहेको छ । निर्माणधिन विमानस्थलको धावनमार्गमा (रनवे) स्थानिय जम्मा भएर बिरोध गरेका हुन् । सोही स्थानमा नदीजन्य पदार्थ डम्पिङ गरिएकाले धावनमार्गका साथै नदीजन्य पदार्थले हुने विमानस्थलको सम्पूर्ण काम प्रभावित भएको हो ।

प्रदेश ५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेयको नेतृत्वमा विमानस्थलको निर्माण कार्य प्रभावित भएको हो । सिद्धार्थनगर नगरपालिका १० का रुदलप्रसाद थारुले आफ्नै जग्गाको मुआब्जाका लागि पटक पटक आयोजनाको कार्यालय धाए पनि नपाएकोमा गुनासो पोखे । ‘ श्रीमतीको मृगौलाको उपचार गर्न रकम आवश्यक परे पनि अधिग्रहण गरिएको जग्गाको मुआब्जा पाएको छैन’, उनले दुःखसो पोख्दै भने, ‘१२ लाख रुपैयाँ ब्याजमा लिएर श्रीमतीको उपचार गराइरहेको छु ।’

नचाहँदा नचाहँदै पुर्खाले आर्जेको खेत विमानस्थलाई दिए पनि समयमा मुआब्जा नपाएको उनको भनाइ छ । ‘ श्रीमतीको उपचारमा लाखौँ रुपैयाँ खर्च भइरहेको छ । उपचार गर्न आफ्नो सम्पतिको मुआब्जा माग गर्दा समेत ६ महिना भइसक्यो पाइएको छैन’, सांसद थारुले भने । अन्तराष्ट्रिय मापदण्ड अनुसार विमानस्थललाई आवश्यक जग्गा अधिग्रहण गर्न खोज्दा स्थानियले विरोध गरेपछि आयोजनाले जग्गको मुल्यांकन भएको २ महिनाभित्र मुआब्जा दिने सहमती भएको थियो ।

मुआब्जा वितरण गर्न अर्थ मन्त्रालयबाट रकम निकासा भइसके पनि भ्रष्टाचार गर्ने मानसिकताले रकम रोकेर राखिएको सांसद थारुको आरोप छ । बिमानस्थलका लागि जग्गा दिएका धनीमध्ये १२ प्रतिशतले मात्र मुआब्जा पाएका छन् । विमानस्थलका कारण १ हजार ७ सय ४० जना घरपरिवार यस क्षेत्रबाट विस्थापित भएका छन् । आयोजनाले अधिग्रहण नगरेको करिब ५ सय विघा जग्गा समेत रोक्का गरिएकाले जग्गाधनीले आफ्नो सम्पतिको अधिकार खोसिएको गुनासो गर्दै आएका छन् ।

मुआब्जा वितरण नभएसम्म विमानस्थलको काम सुचारु हुन नदिने भन्दै स्थानियले अडान लिएर धावनमार्गमा बसेका छन् । सिद्धार्थनगर नगरपालिका १० का वडाअध्यक्ष विजयनाथ धवलले पटकपटक आन्दोलन गर्दा समेत सहज रुपमा मुआब्जा वितरण नभएकाले बिरोध गर्न वाध्य भएको बताए । ‘हामी यही बस्छौँ र मुआब्जा वितरण नगरेसम्म काम हुन दिदैनौँ’, उनले भने । मुआब्जाको लाभकार खारेज गर्नुपर्ने समेत स्थानियको माग छ ।

निर्माणधिन विमानस्थल आयोजना प्रमुख ओम शर्माले यस विषयमा माथिल्लो निकायलाई जानकारी गराइसकेको र अर्थ मन्त्रालयबाट रकम निकासा भइसकेकाले मुआब्जा वितरणमा ढिलाई नहुने बताए । ‘मुआब्जा नपाएकाले स्थानिय आक्रोशित भएका छन् तर अब एक दुई दिनमै मुआब्जा वितरण हुने भएकाले अब समस्या समाधान हुन्छ’, उनले भने ।

बजेट नआए पनि ४ सय २५ जनालाई मुआब्जा वितरणका लागि गर्नुपर्ने सबै तयारी पुरा गरेको र बजेट आएलग्त्तै वितरण हुने उनले बताए ।

करिब २३ अर्ब मुआब्जा वितरण गर्नुपर्नेमा हालसम्म ६ अर्ब रुपैयाँमात्रै मुआब्जा वितरण भएको छ । आयोजनाका अनुसार जग्गा अधिग्रहणमा परेको करिब २ हजार २ सय परिवारमध्ये हालसम्म करिब ८ सयजनाले मुआब्जा लिइसकेका छन् । रकम अभावमा गत फागुन महिनादेखि मुआब्जा वितरण रोकिएको हो । सन् २०१९ भित्रै निर्माण सक्ने भनिएको विमानस्थलको अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.