लागुआैषध र मदिरा रोक्न सक्रिय

लागुआैषध र मदिरा रोक्न सक्रिय

दुनै : डोल्पाको सदरमुकाम दुनैमा लागुऔष तथा मदिरा नियन्त्रणका लागि विद्यार्थी र प्रहरी सक्रिय भएका छन । जिल्ला सदरमुकाममा भइरहेका अवैध मदिरा बिक्री बितरण तथा दुव्र्यसनी रोक्न विद्यार्थी र प्रहरी सक्रिय भएका हुन् ।

लागुऔषध तथा मदिरा दुव्र्यसनीसम्बन्धी सप्ताहव्यापी कार्यक्रममा लागुऔषध निषेध र मदिरा नियन्त्रण विरोधको ¥याली प्रर्दशन गरिएको छ । विद्यार्थी र प्रहरी तथा कर्मचारीहरूको उपस्थितिमा मदिरा बिक्री वितरणको चर्को विरोध गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बालबालिकाले नै विरोध गरेपछि आभिभावकले बालबालिकाको कुरा मान्ने भएकै कारण पनि यो अभियानमा बिशेष भूमिका खेलेको बताए ।

डोल्पामा लागुऔषध कारोबारले भोलिका दिनमा घटनाहरू नघट्ने भन्ने कुनै आधार नभएको अवस्थामा अहिलेबाटै सचेतनासम्बन्धी कार्यक्रम गर्नु राम्रो भएकाले युवाहरूलाई सचेत गराउन विभिन्नखाले ¥याली नाटक तथा सचेतनाका कार्यक्रम गर्न थालिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए । उनले भने, ‘प्रहरी र विद्यार्थीको भूमिका सबैभन्दा महŒवपूर्ण छ, यसलाई सकारात्मक सन्देशका रूपमा लिन जरुरी छ ।

विभिन्न सचेतनामूलक सन्देश लेखिएका प्लेकार्ड बोकेर विद्यार्थी र प्रहरीका साथै अन्य कर्मचारी निस्केपछि स्थानीयहरू चकित भएका थिए । राम्रो कामका लागि स्थानीय सरकारका प्रतिनिधि र स्थानीय सहभागी नभएको भन्दै जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले स्थानीय सरकारप्रति आक्रोससमेत पोखेका थिए ।

लागुऔषधका घटनाहरू नभए पनि घरेलु मदिरा बिक्री वितरण भने बढ्दो क्रममा छ । घरेलु मदिराकै कारण घरेलु हिंसा हुने बालबालिकाको भविष्यसमेत बर्बाद हुने भएकोले अभिभावकलाई सचेत गराउन विद्यार्थीले भूमिका खेल्ने प्रजिअको दाबी छ । उनका अनुसार अब बजारका सबै घरमा अनुगमन हुने र घरेलु मात्र नभई सबैखाले अवैध रूपमा बिक्री हुँदै आएका मदिरा तथा लागुऔषधका कार्य बन्द गरिनेछन् ।

मदिराकै कारण समाजका ठुल्ठूला घटना घट्ने गरेकोले महिला सञ्जाल तथा सरोकारवालाको सहयोगमा सबै क्षेत्रमा नियमन गर्ने प्रजिअ थापाको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.