खण्डहर बन्यो कोइलाबास
कोइलाबास : कुुुुनै बेला व्यापारिक जमघट हुुुुने नेपाल भारत जोडने दाङको कोइलाबास अहिले खण्डहर बनेको छ । परिवर्तन र विकासले छुुुुन नसक्दा राप्तीको एकमात्र पुुुुरानो बजार कोइलावास भग्नाबशेषजस्तै बनेको हो । झण्डै ५ सय पुुुुराना घर अहिले अलपत्र छन भने सडक जीर्ण बनेको छ । नुुुुन, चामलआदि बस्तुुुु खरिदकालागि प्रसिद्ध कोइलावास विकासको प्रशस्त सम्भावना हुुुुँदाहुुुुदै पनि भत्कीएर मेटिदै गएको हो ।
राप्ती अञ्चलका ५ जिल्लालाई नुुुुनदेखि सुुुुनसम्मको सेवा प्रवाह गर्दै आएको तथा राप्तीको प्रमुुुुख व्यापारिक केन्द्रको रुपमा रहेको कोइलाबास नाका २५ देखि वर्ष यता सुुुुनसान छ । व्यापारीक भवन भत्कीसकेका छन भने अधिकांश भवन सग्लो छैन । खिया लागेर पल्टिएका टिन यत्रतत्र छरिदा यहाँको भौगोलिक एवं प्राकृतिक सुुुुन्दरता हराएको छ । ‘व्यापार छैन । खेतिपाति छैन । अहिले त झन पीउने पानी समेत छैन’, स्थानीय ७० वर्षीय चेजी कहारले भने, ‘पहिलेजस्तो भइदिए कस्तो हुन्थ्यो होला । त्यो रमझम अहिले विलय भयो ।’
विकास निर्माणले राप्तीका सबै जिल्लालाई सुुुुगमतिर जोडेपछि एकलकाँटे बनेको कोइलाबासका व्यापारी पनि बसाई सरे । जहाँ अहिले भग्नावशेष जस्तै खिया लागेका घर र ६ वटा पसलमात्रै छन । प्रसिद्ध कोइलाबासको अस्तीत्व २ किराना र ४ चिया पसलले धानेको छन । जुुुुन सरकारी कार्यालयका कर्मचारीका कारण टिकेको किराना व्यापारी सञ्जय भण्डारीले बताए । यी पसलमा दैनिक एक हजारको पनि कारोवार हुुुुदैन । ०५० साल यता यहा व्यापारिक चलखेल बन्द प्रायः छ ।
सरकारी कार्यालय निस्कृय प्रायः छन । गतिविधी शुुुुन्य जस्तै छ । सुुुुरक्षा निकाय, भन्सार कार्यालय र स्थावास्थ्य चौकीले केहि चहलपल ल्याए पनि अन्य अवस्था सुनसान छ । व्यापार बन्द भएपछि ठुुुुला व्यापारी राप्तीका ५ जिल्ला र कोही भारततिर पलायन भएको स्थानीय बताउँछन । कतै जान नसकेका व्यापारी भारतमा मजदुुुुरी गरेर जीवन धान्ने पनि त्यतिकै छन ।
सुुुुनसान बनेको कोइलाबास तीनतिरबाट चुुुुरे पहाडले घेरे पनि भौगोलिक तथा प्राकृतिक रुपले कुुुुरुप बन्दैछ । बजारसँगै जोडिएको सानो खहरे अहिले करिव ३० हात धसिएर बजार कटान गर्न थालेको छ । भारतीयले खोलाका ढुुुुंगा र स्थानीयले रुख काटेर दाउरा विक्री गरेपछि खोलाको समस्या विकराल बन्दै गएको स्थानीय जहिर खानले बताए । खानेपानी नपाएर काकाकुुुुल बनेको छ । पीउने पानीका लागि ८ किलोमिटर दुुुुरी हिडेर भारत जानुुुुपर्ने र भारतीय सुुुुरक्षा कर्मीको शरणमा पर्नुुुु पर्ने अबस्था छ ।
ढुुुुंगा समेत विक्री भएपछि कोइलाबास उजाडिएको छ । व्यापार चम्काएर मोटो पैसा खेलाउने व्यापारी अहिले जंगलबाट दाउरा बिक्री गर्दै आएको अर्जुुुुन कहरले बताए । ‘भारतमा मजदुुुुरी नगरे वाँच्न गाह्रो छ’, कहरले दुुुुखेसो पोखे । कुुुुल २९ विगाह क्षेत्रफल रहेको कोइलावास गढवा गाउँपालिकाको वडा नं ८ मा पर्छ । खण्डहरमा परिणत हुुुुदै गएपछि ठाउँ छोडेर जाने धेरै छन । ८ सय ६८ जनसंख्या रहेको कोइलाबासको जनसंख्या घट्दो छ । ५८ को जनगणना अनुुुुसार कोइलावासमा एक हजार ३ सय ५४ जनसंख्या थियो तर १० वर्षको अवधिमा झण्डै ५ सय घटेको छ ।
सदरमुुुुकामदेखि ६७ किलोमिटर दक्षिणमा पर्ने कोइलावासमा चल्ने मौसमी यातायातले पनि यस्तै हविगत भोगिरहेको छ । दैनिक एउटा वस कोइलावास चले पनि ५ भन्दा धेरै यात्रुुुु कहिले पाउँदैन । घाटाको व्यापार पुुुुर्ती गर्न यात्रुुुुवसले दाउरा बोकेर सदरमुुुुकाम फर्कीने गरेका छन् । यस्तै स्वास्थ्य, हुुुुलाक, विद्युुुुत कार्यालयको हवीगत उस्तै छ । वडाअध्यक्ष सद्धाम सिद्धीकीले कोइलाबासलाई पुुुुरानै अवस्थामा फर्काउन प्रयास भइरहेको बताए ।