कृषि उपजमा भारतकै भर

कृषि उपजमा भारतकै भर

बुटवल : बुटवलको कृषि उपज तथा थोकबजार केन्द्रमा भारतीय उत्पादनका तरकारी तथा फलफूल कारोबार बढी हुने गरेको छ । यस केन्द्रमा नेपालका किसानले फलाएका तरकारीभन्दा भारतबाट उत्पादीत तरकारी तथा फलफूल बढी आउने गरेको हो । बजारमा बढी खपत हुने कागती पूर्णरुपमा भारतीय आयातमा निर्भर छ । बुटवलको पुरानो बसपार्कमा रहेको कृषि उपज केन्द्रमा मेघनाथ पौडलले दिनमा ३० देखी ४० बोरा कागती बिक्री गर्छन् । ‘कागती सबै भारतीय उत्पादन हो’, उनले भने, ‘नेपाली कागती ठूलो हुन्छ । उपभोक्ताले हलुका र सानो साइजको कागती खोज्छन् ।’

व्यापारीले खरीद गर्दा र थोकमा बेच्दा किलोको हिसाबमा जाने कागती खुद्रा किन बेचमा प्रति गोटाको हिसाबले कारोबार हुन्छ । कागतीका साथै खुर्सानी र टमाटर पनि अहिले भारतीय उत्पादनले धानेको छ । थोक बजारमा ६० देखी ७० प्रतिसत टमाटर भारतबाट आयात हुने गरेको छ । त्यस्तै हरियो खुर्सानी पनि अहिले धेरै जसो भारतबाटै आउने गरेको थोक व्यवसायी पौडेलले बताए । हरियो तरकारी भने नेपालका पनि छन् ।

पछिल्लो समयमा व्यवसायीक रुपमा हरियो तरकारी उत्पादनमा केही सुधार भएको थोक बजार केन्द्रका अध्यक्ष कलाधर पन्थी बताउँछन् । ‘८ वर्षअघि थोक बजार केन्द्र स्थापना हुँदा बार्षिक २० प्रतिसतमात्र नेपाली उत्पादनका हरीयो तरकारी आउँथ्यो, अहिले झण्डै ७०–८० प्रतिसत पुगेको छ’, उनले भने । हरियो तरकारीको उत्पादन बढे पनि आलु, प्याज र लसुन लगभग बाहिरी मुलुकको आयातमा भर पर्नु परेको छ । आलु र प्याज भारतबाट र लसुन चिनबाट बढी आयात गरिँदै आएको छ । बुटवलको थोक बजार केन्द्रबाट दैनिक ८० टन आलु, ४० टन प्याज र २ टन लसुन खपत भई मुलुकका विभिन्न ठाउँमा पठाउने गरिएको छ ।

सिजनमा किसानले नेपाली आलु उत्पादन गरे पनि भारतबाट आयात भएको आलु सस्तो हुने भएकाले समस्या छ । शीतमण्डार नहुँदा नेपाली उत्पादन सीजनमा मात्रै सिमित हुने गरेका गर्छ । ‘आलु फल्ने समयमा नेपालमा भारतको आलु प्रतिकिलो १२ रुपैयाँमा बेचिन्छ । नेपाली आलु ४० –४५ रुपैयाँ सम्म पर्छ’, केन्द्रका अध्यक्ष पन्थीले भने, ‘सुदुर पश्चिमबाट आएको आलु २० रुपैया, काभ्रेको २६–२७ र कास्कीको आलु यहाँ आइपुग्दा ४५ रुपैयासम्म पर्छ ।’

नेपालमा प्राविधिक र व्यवसायीक उत्पादन नहुँदा मूल्य बढी पर्छ । यहाँ तरकारी भण्डारण गर्ने कोल्ड स्टोरको व्यवस्था पनि छैन । फलफूलतर्फ सुन्तला र केरा बाहेक अन्यमा धेरै जसो भारतीय उत्पादनमै भर पर्नुपरेको छ । सुन्तलाको बजार भने नेपाली उत्पादनले धान्ने गरेको छ । फागुनपछि केहीमात्र भारतबाट आउँछ । केराको ८५ प्रतिसत बजार नेपाली उत्पादनले धानेको केन्द्रले जनाएको छ । अहिले आपको सिजन चले पनि ६० प्रतिसत आँप भारतबाटै आयत हुने गरेको छ । स्याउको बजार २ प्रतिसत मात्र नेपाली उत्पादनले धानेको छ भने अंगुर सबै भारतबाट आयात हुने गर्छ ।

सरकारले प्रस्तुत गर्ने बजेटमा कृषिको लागि विभिन्न कार्यक्रम आए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । प्रदेश ५ सरकारले ल्याएको आर्थिक वर्ष २०७५÷७६ को बजेटमा कृषिलाई व्यवसायीकरण, आधुनीकिरण र यान्त्रिकरण गर्नमा जोड दिइने र प्रतिष्पर्धी बनाएर युवालाई आकर्षित गरिने उल्लेख छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा प्रदेश स्मार्ट कृषि गाउँ कार्यक्रम, एक पालिका एक शीत भण्डारको योजनालाई पनि बजेटमा उल्लेख गरिएको छ । ‘यो वर्ष १० वटा सित भण्डारको लागी बजेट बिनियोजन गरेका छौ’, प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव यमनारायण देवकोटाले भने, ‘युवालाई कृषिमा आकर्षित गर्न विभिन्न कार्यक्रम ल्याएका छौ । अब नेपाली उत्पान पनि बढ्ने अपेक्षा गरेका छौं ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.