प्रदेश ७ मा अन्नपूर्ण ब्याटमिन्टन छनौट, शैलेन्द्र र राजेन्द्रको जोडी च्याम्पियन

प्रदेश ७ मा अन्नपूर्ण ब्याटमिन्टन छनौट, शैलेन्द्र र राजेन्द्रको जोडी च्याम्पियन

धनगढी : प्रदेश-७ को धनगढीमा भएको अन्नपूर्ण इन्टरनेसनल कर्पोरेट ब्याटमिन्टन प्रतियोगिताको पुरुष डबल्समा शैलेन्द्र श्रेष्ठ र राजेन्द्र बमको जोडी च्याम्पियन बनेको छ।आइतबार धनगढीको कभर्डहलमा भएको फाइनलमा श्रेष्ठ र बमको जोडीले सुरेश कुमार बम र केशव भट्टको जोडीलाई २१-१२ र २१-१३ को सोझो सेटमा पराजित गरेको हो।

पुरुष डबल्समा केशव बडुवाल र हिक्मत गुरुङ तथा सुरेन्द्र कार्की र प्रकाश चन्दको जोडी तेस्रो भएको छ। यस्तै आइतबार नै भएको १९ वर्ष मुनीको पुरुष सिंगल्समा कैलालीका देवराज राना च्याम्पियन भएका छन्। उनले कैलालीकै अमृत चौधरीलाई २१-१३ र २१-१३ को सोझो सेटमा हराएका हुन्।

यसअघि योगेश खडका र जेबी साउद तेस्रो भइसकेका छन्।शनिबारको खेलमा पुरुष एकलतर्फ कैलालीका देवराज राना, महिला एकलमा कैलालीकै मोयुन तामाङ च्याम्पियन भइसकेका छन् भने १९ वर्षमुनीको महिला एकलमा कञ्चनपुरकी निलिमा महरा क्षेत्रीय च्याम्पियन भएकी छिन्।

त्यस्तै विमला दोस्रो तथा कैलालीकै हेमा ऐर र प्रियन्सी बम तेस्रो भए।१९ वर्षमुनीका महिला एकल तर्फ कञ्चनपुरकी निलिमा महरा च्याम्पियन भइन् भने विष्ना विष्ट दोस्रो तथा कैलालीका प्रियन्सा शर्मा र एलिना तिरुवा तेस्रो भए।

यस्तै आइतबार भएको समापन समारोहका प्रमुख अथिति धनगढी उपमहानगरपालिकका मेयर नृपबहादुर ओडले खेल मानव स्वास्थ्यका लागि अनिवार्य भएकाले  बताए। उनले अन्नपूर्ण पोष्टले आयोजना गरेको उक्त प्रतियोगिताको खुलेरै प्रसंसा गरे। कार्यक्रममा  उनले अन्नपूर्ण पोस्टसँग हातेमालो गरेर अझै प्रतियोगिता भव्य बनाउन उपमहानरपालिका तयार रहेको समेत बताए।

कार्यक्रममा कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिंहले पनि नीजि मिडिया हाउसले गरेको प्रतियोगिताले जिल्लाजिल्लाका खेलाडीले अन्तर्राष्ट्रिय खेलाडीसँग प्रतिष्पर्धाको मौका पाउने बताए। 

उनले अन्नपूर्ण मिडियालाई धन्यबाद दिँदै भने, 'नीजि मिडियाले खेलकुदका लागि गरेको यो कार्य सराहनीय छ।' कार्यक्रममा प्रमुख अथिति ओड, विशिष्ट अथिति कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिंह, शसस्त्र प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर चन्द, ब्याटमिन्टन संघका केन्द्रीय सदस्य जगत खडका र ऋषिकेश श्रेष्ठ, क्षेत्रीय निर्देशक रामेश्वर श्रेष्ठ, क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेम मल्ललगायतले खेलाडीलाई मेडल तथा प्रमाणपत्र वितरण गरे। 

फाइनलमा सहभागी हुने खेलाडी

पुरुष सिंगल

देबराज राना प्रथम
जेबी साउद द्वित्तीय

महिला सिंगल

मोयुन तामाङ प्रथम
विमला ओझा द्वितीय

१९ वर्ष मुनीको पुरुष सिंगल

देबराज राना प्रथम
अमृत चौधरी द्वितीय

१९वर्ष मुनीको महिला सिंगल

निलीमा महरा प्रथम
विस्ना विष्ट द्वितीय

पुरुष डबल्स
शैलेन्द्र कुमार श्रेष्ठ र राजेन्द्र बमको जोडी प्रथम
सुरेन्द्र कुमार बम र केशब भट्टको जोडी द्वितीय


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.