ज्यान मुद्दामा आममाफी पाएर छुटेलगत्तै अर्को अपराध

ज्यान मुद्दामा आममाफी पाएर छुटेलगत्तै अर्को अपराध

भोजपुरः कर्तव्य ज्यान अभियोगमा दोषी ठहर कैदीले गणतन्त्र दिवसमा छुटेको महिना दिन नबित्दै अर्को अपराध गरेको अभियोगमा पक्राउ परेका छन् । 

ज्यान मुद्दामा जेल परेर गणतन्त्र दिवसका दिन रिहा भएका पौवादुङ्मा गाउँपालिका–४ बास्तिमका २४ वर्षीय भरत राई जबरजस्ती करणी अभियोगमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर चरित्रविक्रम कार्कीले जानकारी दिए । 

गत असार ४ गते जबरजस्ती करणी प्रयास गरी फरार भएका उनलाई प्रहरीले आइतबार घरमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । स्थानीय एक महिलालाई घरमा सुतिरहेको अवस्थामा गत असार ४ गते राति कोही नभएको मौकामा ढोका फोडेर करणी गर्न खोजेको भन्दै ती महिलाले उजुरी दिएपछि फरार राईको खोजी थालिएको थियो । 

राई यसअघि २०६९ साल वैशाख १८ गते माइजुको हत्या गरेको आरोपमा कर्तव्य ज्यान मुद्दामा जेल परेका थिए । आचरण सुधारेको भन्दै राईलाई क्षेत्रीय कारागार झुम्काले रिहा गरेको थियो । सदरमुकाम ल्याइएका आरोपीत राईलाई अनुसन्धानपछि कानुनी प्रक्रिया अगाडि बढाइने कार्कीले बताएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.