शलेन्द्र र राजेन्द्र च्याम्पियन

शलेन्द्र र राजेन्द्र च्याम्पियन

धनगढी : प्रदेश ७ स्तरीय अन्नपूर्ण पोस्ट इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्समा शैलेन्द्र       श्रेष्ठ र राजेन्द्र बमको जोडीले उपाधि जितेको छ । आइतबार धनगढी कभर्डहलमा भएको फाइनलमा       श्रेष्ठ र बमको जोडीले सुरेशकुमार बम र केशव भट्टको जोडीलाई २१-१२, २१-१३ को सोझो सेटमा पराजित गरे । पुरुष डबल्समा केशव बडुवाल र हिक्मत गुरुङ तथा सुरेन्द्र कार्की र प्रकाश चन्दको जोडी तेस्रो भए ।

यस्तै यू-१९ पुरुष सिंगल्समा कैलालीका देवराज रानाले उपाधि जिते । उनले कैलालीकै अमृत चौधरीलाई २१-१३, २१-१३ को सोझो सेटमा पराजित गरे । यस स्पर्धामा योगेश खड्का र जेबी साउद तेस्रो भए ।

पुरुष एकलमा कैलालीका देवराज राना, महिला एकलमा कैलालीकै मोयुन तामाङ र यू-१९ महिला एकलमा कञ्चनपुरकी नीलिमा महराले उपाधि जिते । यू-१९ महिला एकलमा कैलालीकै हेमा ऐर र प्रियन्सी बम तेस्रो भए ।

विजेतालाई धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओड, कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंह, कैलालीका प्रहरी प्रमुख विनोद घिमिरे, सशस्त्र प्रहरी नायवउपरीक्षक खगेन्द्रबहादुर चन्द, नेपाल ब्याटमिन्टन संघका केन्द्रीय सदस्य जगत खड्का र ऋषिकेश श्रेष्ठ, क्षेत्रीय निर्देशक रामेश्वर श्रेष्ठ, क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेम मल्ललगायतले पुरस्कार प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर ओडले अन्नपूर्ण पोस्ट्ले आयोजना गरेको प्रतियोगिताको प्रशंसा गरे । उनले अन्नपूर्ण पोस्ट्सँग हातेमालो गरेर आगामी दिनमा प्रतियोगितालाई भव्य बनाउन उपमहानरपालिका तयार रहेको बताए ।

कार्यक्रममा कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंहले निजी मिडिया हाउसले गरेको प्रतियोगिताले जिल्लाका खेलाडीले अन्तर्राष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको बताए । ‘निजी मिडिया हाउसले खेलकुदका लागि गरेको यो कार्य सराहनीय छ’, सिंहले भने ।

उपाधि विजेता खेलाडी

देवराज राना : पुरुष सिंगल

मोयुन तामाङ : महिला सिंगल

देवराज राना : यू-१९ पुरुष सिंगल

नीलिमा महरा : यू-१९ महिला

शैलेन्द्रकुमार       श्रेष्ठ र राजेन्द्र बम : पुरुष डबल्स


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.