वर्खे बालीलाई मल अभाव नहुने

वर्खे बालीलाई मल अभाव नहुने

काठमाडौं :  सरकारले यो वर्षको वर्षे बालीका लागि पर्याप्त मल मौज्दातमा रहेको जनाएको छ। विगतमा मल अभावका कारण वर्षे बाली लगाउन ढिला हुने मात्र होइन उत्पादनमा समेत असर पर्दै आएको थियो। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रवक्ता डा.योगेन्द्र कार्कीले यो वर्ष धान र मकै लगाउने समयमा रासायनिक मल अभाव नहुने जानकारी दिए। उनले भने, ‘हामीसँग भएको मौज्दातले आगामी भदौसम्मलाई मलको माग धान्छ।’ सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी र सार्वजनिक–निजी साझेदारीको साल्ट टे«ेडिङ कर्पोरेसनले मल भण्डारण गर्दै आएका छन्।

‘मल वितरण गर्ने दुई निकायसँग पर्याप्त परिमाणमा मल मौज्दात भएकाले यो वर्षको वर्षे बालीलाई अभाव हुन्न। बाटोघाटो अवरुद्ध नहुने हो भने भएको मल देशभर परिचालन हुन्छ’, प्रवक्ता डा. कार्कीले भने। पहाडी र केही पश्चिमी क्षेत्रमा धान रोपाइँकै समयमा मल अभाव भइरहेको अवस्थामा सरकारले अभाव हुन नदिने जानकारी दिएको हो। धान र मकै लगाउन बेलामा मुख्य गरी युरिया मलको माग बढी हुन्छ।

मनसुन निर्धारित समयमै सुरु भएकाले प्रदेश २ बाहेक अन्य प्रदेशका किसानले धान रोपाइँ गर्न सुरु गरिसकेका छन्। प्रदेश २ मा अकाशे पानी नपरेका कारण अहिलेसम्म धान बीउको ब्याडसम्म राख्न पाएका छैनन्। अन्य प्रदेशमा धान रोपाइँ सुरु भएकाले मलको माग पनि सुरुमै बढेर गएको छ।

कृषि सामग्री कम्पनी र साल्टसँग गरी युरिया, डीएपी र पोटास गरी कुल ७६ हजार सात सय मेट्रिक टन रासायनिक मल मौज्दात छ। यसैगरी ती दुवै निकायले आगामी अढाई महिनाभित्रमा भिœयाउने गरी सबै प्रकारका मल गरी ९० हजार मेट्रिक टन झिकाउने प्रक्रिया सुरु गरिसकेको छ।

वर्षे बाली धान र मकै बालीलाई करिब ८५ हजार मेट्रिक टन युरिया आवश्यक पर्छ। सोही अनुपातमा पोटास र करिब ३५ हजार मेट्रिक टन डीएपीको माग हुन्छ। कृषि सामग्री कम्पनीका सूचना अधिकारी विष्णुप्रसाद पोखरेलले आफूहरूसँग ५० हजार मेट्रिक टन युरिया मौज्दात रहेको बताए। उनले भने, ‘यसले भदौसम्मको माग धान्छ। ३० हजार टन आउने क्रममा छ।’

डीएपी ६ हजार पाँच सय मेट्रिक टन मौज्दात छ। थप २० हजार मेट्रिक टन डीएपी आउने क्रममा छ। पोटास भने दुई हजार पाँच सय मात्रै मौज्दात छ। ‘भदौ महिनासम्मको धानबाली र मकै बालीलाई युरिया अभाव हुन्न’, पोखरेलले भने, ‘थप आउन लागेको मलले यो वर्षको वर्षे बालीलाई पर्याप्त हुन्छ।’ कृषि सामग्रीले गत वैशाखमा १४ हजार र जेठमा २८ हजार मेट्रिक टन युरिया मल बिक्री गरिसकेको छ।

साल्ट कर्पोरेसनका व्यापार विभाग प्रमुख पंकज जोशीले १६ हजार मेट्रिक टन र पोटास एक हजार सात सय मेट्रिक टन टन मौज्दात रहेको बताए। उनले भने, ‘डीएपी बिक्री भएर सकिएको छ। साल्टले आगामी अढाई महिनामा युरिया २० हजार र डीएपी २० हजार मेट्रिक टन थप भिœयाउँदैछ। यस्तै दुई हजार पाँच सय मेट्रिक टन पोटास भिœयाउन साल्टले टेन्डर आह्वान गरेको छ।’

कृषि सामग्री कम्पनीका अनुसार नेपालमा बर्सेनि करिब सात लाख मेट्रिक टनको परिमाणमा रासायनिक मलको माग छ। सरकारले भने करिब तीन लाख मेट्रिक टनमा अनुदान सुविधा उपलब्ध गराउँदै आएको छ। यसमध्ये करिब ७० प्रतिशत कृषि सामग्री कम्पनी र ३० प्रतिशत कर्पोरेसनले कोटा पाउँदै आएका छन्।

कृषि विभागका महानिर्देशक डा.डिल्लीराम शर्माका अनुसार यो वर्ष करिब १६ लाख हेक्टरमा धान रोपाइँ हुने बताए। उनले भने, ‘मौज्दात रहेको मलले भदौसम्म पुग्छ। त्यसपछि धानको टप ड्रेसिङ, गाँज आउने, फूल फुल्ने समयमा मलको आवश्यकता पर्छ। त्यो बेलामा आवश्यक पर्ने मलको व्यवस्थापन गर्न पनि अहिलेदेखि गृहकार्य सुरु भइसकेको छ।’ ००००

रासायनिक मल बिक्री अवस्था

आर्थिक वर्ष                             बिक्री परिमाण (टनमा)

२०७०÷७१                             २ लाख ३३ हजार १९८

२०७१÷७२                             २ लाख ९८ हजार ६७७

२०७२÷७३                             २ लाख ५८ हजार ९१३

२०७३÷७४                             ३ लाख २४ हजार ९७७

२०७४÷७५                             २ लाख ०३ हजार ८२६

स्रोत ः कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.