प्रहरीले यात्रुलाई फिर्ता गरायो बढी भाडा, ९ वटा गाडी कारबाहीमा

प्रहरीले यात्रुलाई फिर्ता गरायो बढी भाडा, ९ वटा गाडी कारबाहीमा

जाजरकोटः यहाँ तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनबाट प्रहरीले यात्रुलाई भाडा फिर्ता गराएको छ । जिल्ला प्रहरी कार्यालय र अस्थायी  जिल्ला ट्राफिक प्रहरी जाजरकोटले गरेको संयुक्त अनुगमणको क्रममा बढी भाडा लिएको पाइएपछि बढी भाडा फिर्ता गरिएको हो । 

जाजरकोटदेखि नेपालगञ्जसम्म प्रतियात्रु पाँच सय रुपैयाँ भाडा तोकिएको छ । साना जीपहरुले प्रतियात्रु ६ सय रुपैया लिँदै आएका थिए । नागरिकको गुनासोको आधारमा छड्के चेक जाँच गर्दा बढी भाडा तिरेका १८ यात्रुलाई एक सय रुपैयाँका दरले बढी भाडा फिर्ता गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी रवीन्द्रबहादुर सिंहले बताए । 

बढी भाडा लिएको, छतमा यात्रु राख्ने र सवारी दर्ता कितावमा नवीकरण नगरेका चार  जीपलाई एक हजार पाँच सयका दरले जरिवानासमेत गरिएको डिएस्पी सिंहले बताए ।

प्रहरीका अनुसार ग १ ज ६१७४ नम्बरको जीप, भे १ ज ७८१ नम्बरको जीप, भे १ ज ७५२ नम्बरकोे जीप र ग १ ज ५३४७ नम्बरको जीप कारवाहीमा परेका छन् । त्यस्तै सवारी ऐन विपरीत चलाउने ५ वटा मोटरसाइकललाई पनि पाँच सयका दरले जरिवाना गरिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.