पहिलो हाफः मेसीको गोलमा अर्जेन्टिना १–० ले अगाडि
काठमाडौँः विश्वकप फुटबल प्रतियोगिता अन्रतग समूह चरणको अन्तिम खेलमा लियोनेल मेसीले नाइजेरियाविरुद्ध अग्रता दिलाएका छन् ।
पहिलो हाफको खेल सकिँदासम्म मेसीले गरेको उत्कृष्ट गोल मद्दतमा अर्जेन्टिनाले अग्रता बनाएको हो । समूह डीको जित्नै पर्ने खेलमा मेसीले एभर बनेगाको पासमा खेलको १४ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई विश्वकपको नकआउट चरणमा लैजाने सम्भावना जीवितै राखेका हुन् ।
समूहको पहिलो खेलमा आइसल्यान्डविरुद्ध बराबरी खेलेको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग पराजित भएपछि नाइजेरियाविरुद्धको अन्तिम खेलमा जित्नै पर्ने दबाबमा छ ।
यतिले मात्रै नपुगेर क्रोएसियाविरुद्धको खेलमा आइसल्यान्ड पराजित हुनुपर्ने बाध्यतामा पनि अर्जेन्टिना छ । तर क्रोएसियाले आइसल्यान्डलाई बराबरीमा रोकेर अर्जेन्टिनाले नाइजेरियालाई हराएमा सजिलै अगाडि जाने छ ।
यदि क्रोएसिया पराजित भएको खण्डमा अर्जेन्टिनाले नाइजेरियाविरुद्ध फराकिलो जित निकाल्नुपर्ने छ । अर्जेन्टिना समूह चरणको आफ्नो पहिलो खेलमा मेसीले पेनाल्टी गगुमाएपछि आइसल्यान्डविरुद्ध बराबरी खेल्नु नै अर्जेन्टिनाका लागि ठुलो घाटा सावित भयो ।
यो अवस्थामा मेसीको गोलले नाइजेरियाविरुद्ध पहिलो हाफमा लिएको अग्रता दोस्रो हाफमा पनि कायमै राखेमा अर्जेन्टिनाले समूह डी बाट उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश पाउनेछ ।
प्रतिक्रिया दिनुहोस !