अर्जेन्टिनाका लागि मार्कोस रोहोको गोल, २–१ को अग्रता
काठमाडौँः पहिलो हाफमा लिएको अग्रता दोस्रो हाफमा नाइजेरियाले तोडेपछि संकटमा परेको अर्जेन्टिनाका लागि मार्कोस रोहोले गोल गर्दै संकटबाट जोगाएका छन् ।
लियोनेल मेसीले खेलको १४ औँ मिनेटमा अग्रता दिलाएको अवस्थामा ५१ औँ मिनेटमा भिक्टोर मोसेसले गोल गर्दै बराबरी गरेका थिए । तर, अर्जेन्टिनाका लागि मार्कोस रोहोले खेलको ८६ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई संकटबाट बचाएका हुन् ।
प्रतिक्रिया दिनुहोस !