अर्जेन्टिनाले नाइजेरियालाई घर फर्काउँदा (फोटो फिचर)
काठमाडौँः रसियामा जारी विश्वपकको सुरुवातबाटै कठिन संघर्ष गरिरहेको अर्जेन्टिना अन्ततः नकआउट चरणमा पुगेको छ ।
आइसल्यान्डविरुद्धको पहिलो खेल बराबरी तथा दोस्रोको नतिजा क्रोएसियालाई सुम्पिएपछि नाइजेरियाविरुद्धको तेस्रो खेल आफ्नो पक्षमा पार्नै पर्ने चुनौतीको पहाड चिरेर अर्जेन्टिना अन्तिम १६ मा पुगेको हो ।
नाइजेरियालाई २–१ ले हराउने क्रममा अर्जेन्टिनाका लागि लियोनेल मेसी र मार्कोस रोहोले निर्णाय गोल गरे । नाइजेरियाका लागि भिक्टोर मोसेसले पेनाल्टीबाट गोल गरे ।
समूह डी बाट उपविजेता भएर अन्तिम १६ मा पुगेको अर्जेन्टिाले अब जुन ३० मा समूह सी को विजेता फ्रान्ससँग क्वार्टर फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।






प्रतिक्रिया दिनुहोस !